ह्वावे र हाइक भिजनसहित २० कम्पनीहरुमा चिनियाँ सेनाको सहयोग भएको अमेरिकी आरोप

Technology Khabar १२ असार २०७७, शुक्रबार

ह्वावे र हाइक भिजनसहित २० कम्पनीहरुमा चिनियाँ सेनाको सहयोग भएको अमेरिकी आरोप

काठमाडौं ।

अमेरिकामा ट्रम्प प्रशासनले चीनको टेलिकम उपकरण निर्माता ह्वावे टेक्नोलोजी र भिडियो सर्विलेन्स कम्पनी हाइकभिजन लगायत २० शीर्ष चिनियाँ कम्पनीहरूमा चिनियाँ सेनाको समर्थन रहेको वा स्वामित्व रहेको दाबी गरेको छ।

रोयटर्सको रिपोर्टअनुसार यसले नयाँ अमेरिकी वित्तीय प्रतिबन्धहरूको आधार तयार गरेको बताईएको छ।

गत वर्ष वाशिङ्गटनले ह्वावे र हाइकभिजनलाई राष्ट्रिय सुरक्षा चिन्ताको विषयमा ब्ल्याकलिस्टमा राखेको थियो । ५जी नेटवर्कमा ह्वावेको सहभागिता रोक्नु राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकता भएको छ।

पछिलो दिनमा विश्वभर अमेरिकाले ह्वावेको ५जी नेटवर्क निर्माण र जडानमा सहभागीतालाई रोक्न अभियान नै संचालन गरिरहेको छ ।

अमेरिकी रक्षा विभागको कागजातअनुसार संयुक्त राज्य अमेरिकामा कार्यरत २० कम्पनीहरु चिनियाँ सेनाद्वारा समर्थित छन्। ती कागजातमा चाइना मोबाइल कम्युनिकेसन ग्रुप र चाइना टेलिकम्युनिकेशन कर्प साथै चीनको एयरक्राफ्ट निर्माता एविएशन इंडस्ट्री कर्प अफ चाइना सामेल छ।

हाइकभिजनले उक्त आरोपलाई आधारहीन भनेको छ, यो चिनियाँ सैन्य कम्पनी थिएन र उनले सैन्य एप्लिकेसनहरूको लागि कुनै पनि अनुसन्धान र विकास कार्यमा भाग लिएन् । अमेरिकाको सरकारसँग यस विषयमा मिलेर काम गर्ने बताएको छ।

easy care

प्रकाशित: १२ असार २०७७, शुक्रबार