नेपाली यूजर्सका लागि सामसङको ग्यालेक्सी एस ९ मा नयाँ अपडेट आयो, थपिए यस्ता फीचरहरु

Technology Khabar ११ असार २०७७, बिहीबार

नेपाली यूजर्सका लागि सामसङको ग्यालेक्सी एस ९ मा नयाँ अपडेट आयो, थपिए यस्ता फीचरहरु
फाइल
Global IME Bank

काठमाडौं ।

सामसङको ग्यालेक्सी एस ९ स्मार्टफोन प्रयोग गरिरहनुभएको छ भने तपाईँको लागि खुशीको समाचार छ । कम्पनीले पुरानो फोन ग्यालेक्सी एस ९ सिरिजका फोनहरुको लागि नयाँ सफ्टवेयर अपडेट जारी गरेको छ ।

कम्पनीले गत साता जारी गरेको निकै प्रतिक्षा गरिएको वन यूआई २.१ अपडेट अहिले पूर्णरुपमा आएको छ । यसको पहिलो चरणमा नै नेपाली प्रयोगकर्ताहरुकालाई समेत अपडेट दिईएको छ ।

गत साता शुरुवाती चरणमा रहेको सो अपडेट अहिले भने पूर्णरुपमा रोलआउट गरिएको छ र यो व्यापकरुपमा प्रयोगकर्ताहरुसम्म पुर्याउने प्रयास गरिएको छ ।

सामसङले आफ्नो वन यूआई २.१ अपडेटलाई नेपालसहित विभिन्न २४ देशहरुमा जारी गरेको छ । जहाँ ग्यालेक्सी एस ९ प्रयोगकर्ताहरुले सफ्टवेयर अपडेट गर्न सक्नेछन् ।

यसरी अपडेट पाउने देशहरुमा नेपाल, भारत, जर्मनी, पोर्चुगल, क्रोएसिया, मलेशिया, केन्या, भियतनाम, बेलायतलगायतका २४ देशहरु छन् ।

यदि तपाईँको ग्यालेक्सी एस ९ लाइनअपमा कुनै अपडेट आएको छैन भने चिन्ता नगर्नुस् सो अपडेट छिट्टै आउनेछ । किनकी कम्पनीले ब्याचको आधारमा रोलआउट गर्ने हुँदा तपाईँले तत्काल अपडेट नपाएपछि केहि दिनभित्रै प्राप्त हुनेछ ।

त्यसको लागि तपाईँले सिस्टम अपडेटको नोटिफिकेसनमा ध्यान दिनुहोस्, जहाँ अपडेटको बारेमा उल्लेख गरिएको हुन्छ । यसबाहेक तपाईँले आफैंले सेटिङ्गसमा गएर सफ्टवेयर अपडेट अप्सन प्रयोग गरेर समेत हेर्न सक्नुहुनेछ ।

वन यूआई २.१ अपडेटलाई पुरानो फोनको लागि प्रमुख अपडेट भएको मानिएको छ । जसमा एआर ईमोजीमा सुधार गरिएको छ । त्यस्तै नयाँ क्यामरा फीचरहरु थप गरिएको छ । जसमा मोड्स, फिल्टररहेका छन् ।

यसका साथै वन यूआई २.१ अपडेटले ग्यालरी एप्समा केहि फीचर थप गरेको छ । जसमा तत्काल क्रप गर्न सकिने सुबिधा रहेको छ । नयाँ अपडेटमा सामसंग कीबोर्डलाई पनि विभिन्न भाषाहरु सपोर्ट गर्नेगरि राखिएको छ । यसमा क्विक सेयर र म्यूजिक सेयर समेत थप गरेर अपडेट गरिएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ११ असार २०७७, बिहीबार