गूगलले प्रयोगकर्ताहरूको संग्रहित डाटा १८ महिनापछि स्वचालित रूपमा डिलिट गर्ने

Technology Khabar ११ असार २०७७, बिहीबार

गूगलले प्रयोगकर्ताहरूको संग्रहित डाटा १८ महिनापछि स्वचालित रूपमा डिलिट गर्ने

गूगलले आफ्ना प्रयोगकर्ताहरूको संग्रहित डाटा स्वचालित रूपमा मेटाउनका लागिसेटिंग्स बदल्ने भएको छ। कुन पृष्ठ प्रयोगकर्ताहरूले भ्रमण गरे, कुन वेबसाइट खोजी गरेको थियो र कुन एप गतिविधि गरियो र स्थान डाटा आदि अब १८ महिनापछि स्वचालित रूपमा गूगल सर्वरबाट हटाइनेछ ।
तर यूट्यूब हिस्ट्रि उदाहरणको लागि कुन क्लिप हेरिएको थियो र कति समयसम्म हेरिएको थियो भन्ने लगायतका जानकारी ३६ महिनापछि मेटिनेछ।

हाल यो परिवर्तन केवल नयाँ खाताहरूमा मात्र लागू हुनेछ, तर अहिलेका प्रयोगकर्ताहरूलाई तिनीहरूको सेटिङ्गसमा परिवर्तन गर्न सुविधा दिईन सक्नेछ। गूगलले यो घोषणा त्यसेबला गरेको छ जतिबेला अन्य टेक्नोलोजी कम्पनीहरूले डाटाका संकलन गर्ने र व्यवसाय गर्ने सम्बन्धमा थुप्रै अनुसन्धानको सामना गरिरहेका छन्।

गुगलले मे २०१ मा अटो डिलिट कन्ट्रोललाई शुरु गरायो जसले प्रयोगकर्ताहरूलाई नियमित रूपमा उनीहरूको बारेमा कम्पनी द्वारा संकलित गरिएका लगहरू काट्न बाध्य पार्दछ, तर त्यस समयमा यसलाई अप्ट-इन विकल्प बनाइएको थियो। मतलब प्रयोगकर्ताको सहमति डाटा भण्डारणकालागि गर्न आवश्यक पर्दछ।

अमेरिकी टेक्नोलोजी कम्पनीले प्रयोगकर्ताहरुको यी डाटाहरु अन्य चीजहरू देखाउन तथा विज्ञापन प्रदर्शन गर्नका लागि प्रयोग गर्दछ।

गुगलका प्रडक्ट म्यानेजर डेभिड मोन्सेले भने- ‘हामीलाई थाहा छ कि यी जानकारीले हाम्रो उत्पादनलाई सुधार गर्न मद्दत गर्दछ, तर यो डाटा कमसेकम समयको लागि राख्नु हाम्रो नीतिमा छ र गूगलले डाटालाई अनिश्चित कालसम्म राख्ने छैन् ।’

गूगलले भनेको छ कि यूट्यूब रेकर्डहरू ईन्टरनेट गतिविधिको तुलनामा लामो समय राख्न चाहन्छ, किनकि यसले प्रयोगकर्ताहरूलाई सिफारिसहरू र अन्य कार्यहरू गर्न मद्दत गर्दछ, जसको लागि लामो खोज हिस्ट्रि चाहिन्छ।

उनले अगाडि भने कि डाटा स्वचालित रूपमा मेटाउने सुविधाले फोटो, जीमेल र यसका ड्राइभमा हुने भण्डारण गरिएका डाटा मेटाउँदैन, किनकि यो विज्ञापन र अन्य उद्देश्यका लागि प्रयोग हुँदैन।

गूगलले आफ्नो एपमा इनकोग्निटो मोडलाई थप सहज बनाएको बताएको छ । यस मोडले प्रयोगकर्ताहरूलाई उनीहरूको जानकारी लुकाएर खोजी गर्न अनुमति दिन्छ। र इनकोग्निटो मोडमा कम्पनीले डाटा संकलन गर्दैन् । एजेन्सीका साथ

प्रकाशित: ११ असार २०७७, बिहीबार

Leave a Reply

Loading...