रियलमीको इन्ट्री लेबलको स्मार्टफोन ‘रियलमी सी ३’ नेपाली बजारमा, यस्ता छन् फीचरहरु

Technology Khabar ११ असार २०७७, बिहीबार

रियलमीको इन्ट्री लेबलको स्मार्टफोन ‘रियलमी सी ३’ नेपाली बजारमा, यस्ता छन् फीचरहरु
Global IME Bank

काठमाडौं ।

रियलमी स्मार्टफोन ब्राण्डले नेपाली बजारमा नयाँ इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ ।

रियलमी सी ३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ । रियलमी सी३ मुख्य ४ क्षेत्र-प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो ।

सर्वप्रथम, सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चित गर्दछ । रियलमी सी३ दुई कलर-ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ ।

ट्रिपल एआई क्यामरा

रियलमी सी३ मा १२एमपी प्लस २एमपी प्लस २एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ१.८ ठुलो अपर्चर र १.२५ μm पिक्सल साइज रहेको छ । यसले ४एक्ससम्म जुम गर्न सक्छ र पिडिएएफ अटोफोकस समर्थन गर्दछ । यसले फोटोलाई दिनको उज्यालोमा, कम प्रकाश र अँध्यारो वातावरणमा उज्यालो पार्दछ । ४सीएम सुपर म्याक्रो लेन्सले सानो वस्तुहरु खिच्दा अधिक जानकारी दिन्छ । प्रयोगकर्ताले अतिसूक्ष्मसँग अझ बढि सृजना गर्न सक्दछन् । ट्रिपल रियर क्यामेराले हाडवेयर लेबल बोकह समर्थन गर्दछ जुन बढि प्राकृतिक हो र वस्तुलाई अझ प्रख्यात बनाउँदछ चाहे त्यो विरुवा, जनावर वा मानिस होस् ।
रियलमी सी३ मा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता रोमान्चक विशेषताहरु छन् जुन यस सेगमेन्टमा पाउन निकै मुस्किल छ । पिक्सल लेबल म्यापिङ्ग अल्गोरिदमको माध्यमबाट क्रोमा बुस्टले ब्राइटनेस र कलर पुनस्र्थापित गर्दै, उत्तम डाइनामिक रेन्ज, स्क्रिन कन्ट्रास्ट र भिभिड कलर प्रदान गर्दछ ।

स्टाइलिस डिजाइन र डिस्प्ले

रियलमी सी३ मा ६.५ इन्च एचडी+ मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठुलो डिस्प्ले रहेको छ । यो ठुलो स्क्रिनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक संजाल चलाउदा अवलोकन अनुभवलाई वृद्धि गर्दछ ।
रियलमी सी३ को रोमान्चक नयाँ कलर ब्लेजींग रेड र फ्रोजन ब्लुको डिजाइन हट लाभा र कोल्ड ग्लेसियरबाट प्रेरित भएको हो । प्लास्टिक मोल्डमा लागू गरिएको उत्कृष्ट अप्टिकल टेक्सचर पोलिसिंग, रेडियम कार्भिङ्ग र स्यान्डब्लास्टिङ्ग टेक्नोलोजी संयोजन गरेर बनाइएको छ ।

बेस्ट—इन—क्लास पर्फमेन्स

रियलमी सी३ ले मिडियाटेक हेलियो जी७० प्रोसेसर प्रदान गर्दछ जुन यस सेगमेन्टकै उत्तम हो र यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिंग टेक्नोलोजी छ । यो ८ कोर, १२ एनएम प्रोसेसर हो जुन २.०जीएचजेड सम्म चल्छ जसले यसलाई यस श्रेणीकै सबैभन्दा तीव्र र नवीनतम बनाउँछ । रियलमी सी३ निपुर्ण र उच्च प्रदर्शन ब्च्ः ःबष्(िन्छद्द न्एग् का साथ मध्यधार प्रयोगकर्ताहरुका लागि आदर्श र मोबाइल गेमर्सहरुका लागि सर्वोत्कृष्ट छ ।

यसका साथै मल्टिमिडिया प्रयोगमा, रियलमी सी३ मा मिडिया टेक हेलियो जी७० को डिस्प्ले लेटेन्सी अप्टिमाइजेसन छ जसले तीव्र प्रतिक्रिया समय, अझ बढि उचित स्क्रिन कन्टोल दिनुका साथै टच स्क्रिनको फ्लुडिटी वृद्धि गर्दछ । साथै अवलोकन अनुभवलाई बढाउँदै मिडिया टेक हेलियो जी७० मा प्रिमियम पिक्चर क्वालिटी छ जसले वास्तविक रंगहरु समर्थन गर्दछ । राम्रो स्क्रिन कन्ट्रास्टका साथ, गेम खेल्दा र भिडियोहरु हेर्दा क्लियर तस्वीर र आउटपुट राम्रो आउँछ जसले रियलमी सी३ लाई उत्तर अवलोकनको फाइदा दिन्छ जहाँ अन्य मोडलमा देख्न सक्दैन्न् ।

रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २५६जीबीसम्म एक्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ ।
रियलमी सी३ ले ०.२७ सेकेण्डमा अल्टा-फास्ट फिंगरप्रिन्ट अनलकिंग मात्र नभएर फेसियल रिकग्निसन पनि समर्थन गर्छ जुन सिंगल क्लिक वा एक झलकमै सजिलै अनलक गर्न सकिन्छ जुन एकै समयमा अनलक गर्न सरल र हाम्रो गोपनियताका लागि सुरक्षित छ ।

विशाल ब्याट्री

रियलमी सी३ मा ठुलो ५,००० एमएएच ब्याट्री छ जसका साथ ननस्टप मनोरञ्जन लिन सकिन्छ । रियलमी सी३ का साथ घण्टौसम्म कुराकानी गर्न सकिन्छ, यूटुबका भिडियोहरु प्रवाह गर्न, गीतहरु सुन्न, गेम खेल्न र कुनै रोकावट बिना नेभिगेट गर्न सकिन्छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्दछ जसको मतलब यसले पावर बैंक जसरी नै अन्य उपकरणहरुलाई चार्ज गर्दछ ।

रियलमी युआई अप्डेटका साथ रियलमी सी३

रियलमी सी३ पहिलो रियलमी स्मार्टफोन हो जुन रियलमी यूआईका साथ एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई अधिक र एन्ड्रोइड अनुभवको नजिक पुग्नका लागि राम्रोसंग निर्मित गरिएको छ ।
रियल डिजाइनको अवधारणा, रियलमी यूआई वास्तविक जीवनबाट प्रेरित
रियलमी यूआई चारवटा चीजहरुमा केन्द्रित रहेर डिजाइन गरिएको छ-सिस्टमको कलर, आइकन, वालपेप्पर र एनिकेसन । रंगहरुको सर्तमा रियलमी यूआईले वास्तविक कलर स्किम निर्माण गर्न, उत्साह र ताजापनको भावना ल्याउन उच्च सन्तृप्ति र उच्च चमक रंगहरुको प्रयोग गर्दछ ।

कस्टुमाइजेबल आइकन

रियलमी यूआईले आइकन कस्टुमाइजेसन फंसन प्रस्तुत गरेको छ । अब प्रयोगकर्ताले आइकनको आकार र आकृति मात्र नभएर आइकनको आन्तरिक ग्राफिकको आकृति पनि परिवर्तन गर्न सक्छन् ।

क्वान्टम एनिमेसन इन्जिनका साथ रियलमी यूआई

सिस्टम एनिमेसनको सर्तमा रियलमी यूआई नवीनतम क्वान्टम एनिमेसन इन्जिनले सुसज्जित छ जसले स्क्रिनको फ्लुएन्सीलाई सुधार गर्दछ ।

यो फोन ३जीबी र्याम र ३२ जीबी भेरिएन्टको मूल्य १६ हजार ९९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ११ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया