अब आईफोनबाट गाडि अनलक गर्न सकिने, आईओएस १४ ‘एप्पल कार-की’ फीचर राखियो

Technology Khabar १० असार २०७७, बुधबार

अब आईफोनबाट गाडि अनलक गर्न सकिने, आईओएस १४ ‘एप्पल कार-की’ फीचर राखियो

एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा कम्पनीले आईओएस १४ का साथमा धेरै नयाँ फीचरहरु सार्वजनिक गरेको छ।

यससँगै कम्पनीले स्मार्ट कारसँग सम्बन्धित नयाँ फीचर पनि उपलब्ध हुने घोषणा गरेको छ कम्पनीले पुष्टि गर्यो कि आईफोनमा एप्पल कार-की अप्सन आउनेछ, जुन बीएमडब्ल्यू २०२१ फेसलिफ्ट ५ सेडान सिरिजमा पहिलो पटक देखा पर्नेछ।

यस बाहेक, एप लन्चिङ्गमा सुधारहरू, कन्ट्याक्ट इन्टिग्रेसन, डकुमेन्टस र अन्य फीचरहरु सुविधाहरू यसमा दिइनेछ।

यस फीचरको सहयोगबाट कारलाई भौतिकरुपमा साँचो प्रयोग नगरिकन नै अनलक अर्थात खोल्न सकिने छ। यसले एनएफसी चिप मार्फत काम गर्दछ। बिएमडब्लूले यसलाई आफ्नो सवारी साधनहरूमा ‘डिजिटल-की’ को रूपमा बजारमा लन्च गर्नेछ ।

कम्पनीले एप्पल कार कीलाई आईओएस १४ आईफोन अपरेटिङ्ग सिस्टमको नयाँ फीचरको रूपमा प्रस्तुत गरेको छ। जुन आउने महिनाहरूमा जारी हुने छ। यो फीचरले अपडेटेड आईओएस १३ मा पनि काम गर्नेछ ।

आफ्नो सवारी अनलक गर्न, प्रयोगकर्ताले एनएफसीयुक्त एप्पल डिभाइस बोक्नु पर्छ जस्तै आईफोन वा एप्पल वाच सवारीको एनएफसी रिडर प्यानलको छेउमा टच गर्नुपर्नेछ, जुन सामान्यतया गाडिको ढोका खोल्ने ह्याण्डलमा राखिएको हुन्छ । एजेन्सीका साथ

प्रकाशित: १० असार २०७७, बुधबार

Comments are closed.

Loading...