यस्तो छ एप्पलको नयाँ आईओएस १४ को विशेषताहरु, लाइब्रेरी भ्यूदेखि साइकल सपोर्टसम्म

Technology Khabar ९ असार २०७७, मंगलवार

यस्तो छ एप्पलको नयाँ आईओएस १४ को विशेषताहरु, लाइब्रेरी भ्यूदेखि साइकल सपोर्टसम्म

काठमाडौं ।

एप्पलले आईओएस १४ लाई नयाँ मोबाइल अपरेटिङ प्रणालीको रूपमा प्रस्तुत गरेको छ। नयाँ आईओएस संस्करणसँग एप लाइब्रेरी र रिडिजाइन विजेटहरू सहित इन्टर्फेस स्तर परिवर्तनहरू छन्।

आईओएस अपडेट पिक्चर इन पिक्चर (पीआईपी) सपोर्टको साथ आउँदछ, जसले गर्दा तपाईंले फोनको स्क्रिनको माथि भिडियोहरू प्ले गर्न सक्नुहुनेछ । साथै, एप्पलले अपग्रेड सिरी पेश गरेको छ, जसमा अब फूल स्क्रिन इन्टरफेस छैन र अब कुनै पनि स्क्रिनमा विजेटहरू ल्याउन सकिनेछ ।

यस बाहेक, ट्रान्सलेसन एप आईओएस १४ मा पनि थपिएको छ, जसले दुई फरक भाषाहरूमा साईड बाई साईड अनुवाद प्रदान गर्दछ। यसले गूगल अनुवादलाई चुनौती दिने अनुमान गरिएको छ।

आईओएस १४ को नयाँ अपडेटमा नयाँ मेसेज एक्सपेरिएन्स पनि समावेश छ, जसले नयाँ मेमोहरू प्रदान गर्दछ, यसमा फेस मास्क सपोर्टपनि छ ।

आईओएस १३ को अपग्रेडको रूपमा आएको आईओएस १४ मा सबैभन्दा ठूलो परिवर्तनहरू मध्ये एक एप लाइब्रेरी भ्यूको थप हो, जसले एकल स्क्रिनमा स्वचालित रूपमा विभिन्न एप्सलाई समूहबद्ध गर्दछ। यसले होम स्क्रिनमा मल्टिपल फोल्डरहरू भएको महसुस गराउँछ ।

भिडियो प्रेमीहरूको लागि आईओएस १४ ले पिक्चर-इन-पिक्चर (पीआईपी) सर्पोट प्रदान गर्दछ, जसले तपाईंलाई भिडियो हेर्दा वा फेसटाइम कलमा कुरा गर्दा तपाईंको आईफोनमा एपहरू एक्सेस गर्न अनुमति दिन्छ।

नयाँ आईओएस १४ मा, सिरीलाई एक नयाँ रूपको साथ प्रस्तुत गरिएको छ। यसले डिभाईसको सम्पूर्ण स्क्रिन क्याप्चर गर्नुको सट्टा डिस्प्लेको तल्लो भागमा देखा पर्दछ । एप्पलको सफ्टवेयर इन्जिनियरिंगका वरिष्ठ उपाध्यक्ष क्रेग फेडेरिगीले भने कि यस वर्ष हामीले सिरी अनुभवलाई पूर्ण रूपले नयाँ कम्प्याक्ट डिजाइनको साथ डिजाइन गरेका छौं ।

सिरीलाई आईफोनबाट अडियो रेकर्ड गरेर अडियो मेसेज पठाउने क्षमताको साथ स्तरवृद्धि पनि गरिएको छ, तपाईंले भ्वाइस मेमो एप खोल्न आवश्यक छैन।

एप्पलले भाषाको लागि नयाँ अनुवाद एप पनि ल्याएको छ, जसले गूगल अनुवादलाई चुनौती दिनेछ र प्रयोगकर्तालाई बिभिन्न भाषाहरू बीच अनुवाद गर्न अनुमति दिनेछ। दुई भिन्न भाषाहरूमा साइड(बाई साईड अनुवाद पनि प्रदान गर्दछ।

अपडेट आईओएस १४ ले तपाईंको मनपर्ने कुराकानीलाई पिन गर्ने क्षमतासहित आईफोनमा नयाँ मेसेज एक्सपेरिएन्स प्रदान गर्दछ। त्यहाँ मेमोजीका लागि नयाँ इमोजी स्टिकर र २० नयाँ हेयर र हेडवियर शैलीहरू छन्। एप्पलले फेस मास्कको विकल्प पनि ल्याएको छ, जसलाई तपाईं आफ्नो मेमोजी क्यारेक्टरमा थप्न सक्नुहुन्छ।

एप्पल म्यापले आईओएस १४ मा क्युरेट गरिएको गाईडहरूको साथ अपडेट पनि प्राप्त गरेको छ। यो साइकल सपोर्टका साथ पनि आउँदछ, जुन पहिलो चराण्मा न्यू योर्क शहरको बे एरिया, लस एन्जलस र सान फ्रान्सिस्को, साथै बेइजि र शंघाईमा सीमित हुनेछ। एप्पल म्याप्समा नयाँ फीचरको रुपमा ईभी रुटिङ्ग पनि समावेश छ यो विशेष गरी इलेक्ट्रिक सवारी मालिकहरूका लागि डिजाइन गरिएको हो ।

easy care

प्रकाशित: ९ असार २०७७, मंगलवार