नोकिया ५३१० बजारमा, नोकियाको एक्सप्रेस म्यूजिक मोबाइलकाे १२ बर्षपछि नयाँ भर्सन

Technology Khabar ९ असार २०७७, मंगलवार

नोकिया ५३१० बजारमा, नोकियाको एक्सप्रेस म्यूजिक मोबाइलकाे १२ बर्षपछि नयाँ भर्सन

नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ बर्षपछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि. ले यो मोबाइल नेपाली बजारमा ल्याएको छ ।

म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो । नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटिलाइ ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनीको दावी छ ।

नोकिया ५३१० फोनमा वायरलेस एफ. एम. रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ । यसको बक्समा एयरफोन पनि राखिएको छ । यसमा २.४ इन्चको क्यूभिजिए डिस्प्ले र पछाडि भिजिए क्यामरा, नोकिया सिरिज ३०+ अपरेटिङ सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० एमएएचको बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिनसम्म लागतार टिक्छ ।

नोकिया ५३१० को बजार मूल्य ५ हजार ४४९ रुपैयाँ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ असार २०७७, मंगलवार

Comments are closed.

Loading...