Technology Khabar ८ असार २०७७, सोमबार
पर्यटकिय क्षेत्र ठमेलमा आधारित पर्यटनका संघ संस्थाहरुले कोभिड-१९ को महामारीले पर्यटन क्षेत्रलाई समस्यामा पारेको भन्दै इन्टरनेटमा समेत छुट दिनुपर्ने माग गरेका छन् ।
ठमेल पर्यटन विकास परिषदको नेतृत्वमा पर्यटन क्षेत्रका अन्य १० संस्थाहरुले इन्टरनेट सेवासहित विभिन्न क्षेत्रमा आगामी १ वर्षसम्म ५० प्रतिशत छुट दिन माग गरेका हुन् ।
पर्यटन क्षेत्रका ११ वटै संस्थाहरुले आईतवार सो बारेमा सामूहिक निर्णय गर्दै सबैपक्षलाई राहत हुनेगरि छुट सुबिधा उपलब्ध गराउन आग्रह गरेका हुन् ।
संस्थाहरुले इन्टरनेटसहित घरभाडा, विजुलीको शुल्कमा समेत ५० प्रतिशत छुट गर्न माग गरेका हुन् ।
यसअघि ठमेलमा नयाँ वर्षको शुरुवातसँगै भिजिट नेपाल मनाउनुपर्ने भन्दै इन्टरनेटको तारले ठमेल क्षेत्र कुरुप भएको आरोप लगाएर ठमेल पर्यटन विकास परिषदको नेतृत्वमा सबै पर्यटन आबद्ध संघसंस्थाहरुले इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएका थिए ।
उनीहरुले ठमेल क्षेत्रमा भूमिगत तार मात्र राख्नुपर्ने भन्दै गत पुसमा तार काटिदिएका थिए ।
यो पनि हेर्नुस्-
ठमेल क्षेत्रमा अझै इन्टरनेट सेवा नजोडिने, सहमति पालना नहुँदा अघोषित ‘इन्टरनेट ब्ल्याकआउट’
प्रकाशित: ८ असार २०७७, सोमबार