वनप्लसको नाममा उपहार दिने भन्दै ईमेल संकलन गर्ने ट्विटर एकाउन्ट नै नक्कली !

Technology Khabar ८ असार २०७७, सोमबार

वनप्लसको नाममा उपहार दिने भन्दै ईमेल संकलन गर्ने ट्विटर एकाउन्ट नै नक्कली !
ट्विटर एकाउन्ट नक्कली भएको वनप्लस नेपालको आधिकारीक फेसबुक पेजको सूचना

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड वनप्लसको नाममा ट्विटर एकाउन्टबाट संचालन गरिरहेको अन्तराष्ट्रिय गिभअवे र ट्विटर एकाउन्ट नै नक्कली भएको खुलासा भएको छ ।

विगत केहि दिनदेखि वनप्लस नेपालको नाममा ट्विटर एकाउन्टबाट अन्तराष्ट्रिय ‘गिभअवे” भनेर प्रबर्द्धनात्मक कार्यक्रम संचालन गरिरहेको छ ।

वनप्लस नेपालको नाममा बनाईएको नक्कली ट्विटर एकाउन्ट ।

सो एकाउन्ट आईडी वनप्लस अण्डरस्कोर एनपीएल (@OnePlus_NPL) रहेको छ भने वनप्लस नेपाल नामक एकाउन्टबाट वनप्लसका राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न गतिबिधिहरुलाई रिट्विट गर्ने गरिएको छ ।

सो एकाउन्टले नेपाली वनप्लस यूजर्सको विभिन्न ट्विटहरुलाई समेत रिट्विट र शेयर गर्ने गरेको देखिन्छ।

एकाउन्टमा भएको जानकारीअनुसार सो आईडी सन् २०१४ मा खोलिएको हो भने हालसम्म त्यसका २ हजार भन्दा बढि फलोअर्स रहेका छन् । त्यसैगरि सो आईडीबाट अधिकांश वनप्लसका ट्विटर एकाउन्ट मात्र फलो गरेको देखिन्छ ।

नेपालमा वनप्लसका उत्पादनहरु बिक्री गर्दै आएको आईहब प्रालिका साझेदार तथा ओलीज स्टोरका संचालक लोकेश ओलीले सो ट्विटर एकाउन्ट नै नक्कली भएको बताए।

‘नेपालमा वनप्लसको कुनै ट्विटर एकाउन्ट छैन् र भएको भए भेरिफाईड हुनेथियो । हाम्रो फेसबुक एकाउन्ट मात्र छ र त्यो भेरिफाईड रहेको छ,’ उनले भने ।

ओलीले उल्लेख गरेको र भेरिफाईड रहेको फेसबुक एकाउन्टबाट ‘फेक ट्विटर’ एकाउन्टको बारेमा जानकारी दिँदै त्यसमा गरिएको गिभअवे घोषणा समेत फेक अर्थात नक्कली र भ्रामक भएको बताएको छ ।

सो एकाउन्टमा नक्कली ‘गिभअवे’को भ्रममा नपर्न सचेत गराउँदै सो नक्कली वनप्लस नेपालको पेजबाट सर्तक हुन भनिएको छ । कम्पनीले त्यसलाई ‘स्क्याम’ भएको दाबी समेत गरेको छ ।

ओलीले ट्विटरमा वनप्लस नेपालको नाममा विभिन्न ४ वटा एकाउन्टहरु रहेको पत्ता लगाएको र ती सबै नक्कली र भेरिफाईड नभएको समेत जानकारी दिएका छन् ।

‘अहिले सामान बेच्छु भन्दा त सामान छैन कसले यसबेला गिभअवे गर्छ र उपहार दिन्छ, त्यसैपनि बुझ्नुपर्ने हो,’ ओलीले भने ।

उनले त्यसबारेमा आफूहरुले समेत अनुसन्धान गरिरहेको भन्दै नक्कली ट्विटर एकाउन्टमा कुनैपनि व्यक्तिगत जानकारी शेयर नगर्न भनेका छन्।

यसैबिच उनले हामीलाई शेयर गरेको र आधिकारीक भनेको फेसबुक पेज भेरिफाइड रहेको छ तर त्यस फेसबुक पेजमा वनप्लस नेपाल फोन वा डिभाइस कम्पनी नभई इन्टरनेट कम्पनी भएको देखिन्छ। त्यसैगरि सो पेज कुन कम्पनीसँग आबद्ध छ भन्ने पनि पेज ट्रान्सपरेन्सीमा उल्लेख छैन् ।

उता वनप्लसको आधिकारीक ग्लोबल फेसबुक पेजमा भने कम्पनी फोन तथा सर्भिसमा आबद्ध भएको लेखिएको छ ।

आईहब प्रालिले वनप्लस फोन नेपालमा आधिकारीकरुपमा ल्याउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा हालसम्म आईएमई दर्ता प्रकृया गर्ने गरेको हुँदा सो कम्पनीको साझेदार मध्येका एक ओलीले भनेको विषय नै आधिकारीक मान्नुपर्ने हुन्छ।

आईहब प्रालिको वेबसाइट भएपनि त्यहाँ वनप्लसका केहि मोडलको मात्र जानकारी रहेको छ र कम्पनीको बारेमा केहि उल्लेख छैन्।

त्यस्तै कम्पनीको छुट्टै फेसबुक पेज पनि रहेको छ तर त्यो भेरिफाईड छैन् । जसमा वनप्लस डिभाइसको बारेमा र वनप्लस नेपालको नाममा रहेको भेरिफाइड पेज नै शेयर गर्ने गरेको देखिन्छ । पेजमा हालैको ‘फेक ट्विटर एकाउन्ट’को बारेमा समेत उल्लेख गरिएकोछ।

यो पनि हेर्नुस्-

उपहारको लोभ देखाएर व्यक्तिगत ईमेल ठेगाना खुलारुपमा संकलन गर्दै वनप्लस नेपाल

Global Bank
easy care

प्रकाशित: ८ असार २०७७, सोमबार

ताजा समाचार