गूगल प्ले स्टोरबाट सिधै एपको सब्सक्रिप्सन लिन सकिने, एप डाउनलोडको आवश्यकता नपर्ने

Technology Khabar ७ असार २०७७, आईतवार

गूगल प्ले स्टोरबाट सिधै एपको सब्सक्रिप्सन लिन सकिने, एप डाउनलोडको आवश्यकता नपर्ने
Global IME Bank

काठमाडौं ।

गूगलले नयाँ सब्सक्रिप्सन मोडेल प्रस्तुत गर्ने दिशामा गूगल प्ले स्टोरमा नयाँ परिवर्तनहरू गर्दैछ। यसमा, प्रयोगकर्ताहरूले फोनमा डाउनलोड नगरी नै एन्ड्रोयड एपको सब्सक्राईब गर्न सक्ने फीचर ल्याउन लागेकोछ।

यो गरिसकेपछि, प्रयोगकर्ताहरूले एपमा दोहोर्याएर आउने र पप-अप हुने सब्सक्रिप्सनको विज्ञापनहरूबाट छुटकारा पाउन सक्षम हुनेछन्। हाल तपाईँ गूगल प्ले स्टोरबाट कुनै पनि एप निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ तर केहि एप्स प्रयोग गर्नको लागि तपाईले सदस्यता लिनु पर्दछ। यो गर्नका लागि प्रयोगकर्ताहरूले एप इन्स्टल गरेपछि ईन-एप मार्केटप्लेसबाट एप खरीद गर्नुपर्दछ।

अब भने यो प्रणाली चाँडै नै परिवर्तन हुँदैछ। हालै यसबारेमा गूगलले एक ब्लग पोष्टबाट जानकारी दिएको हो। यद्यपि यस बारेमा धेरै जानकारी दिइएको छैन।

गुगलको ब्लग पोष्टका अनुसार बिलिङ्ग लाइब्रेरी भर्सन ३ ले प्रयोगकर्तालाई प्ले स्टोरमा एपको बाहिरबाटै चीजहरू खोजी गर्न र खरीद गर्न अनुमति दिनेछ।

ब्लगमा अगाडि भनिएको छ- ु’जब सब्सक्रिप्सन फ्रि ट्रायलका लागि प्रोमो कोड प्रस्ताव गरिन्छ, प्रयोगकर्ताहरूले तिनीहरूलाई रिडिम गर्न सक्दछन् यदि एप्लिकेसन स्थापना गरिएको छैन भनेपनि।’

गूगलले यस्तो सुविधा ल्याउने बारे संकेत गरेपनि यसले एपको लागि कसरी काम गर्नेछ भनेर विस्तृत रूपमा भनेका छैनन्। त्यसैगरि यो कहिलेबाट लागू हुन्छ भन्ने जानकारी छैन् । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: ७ असार २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार