के भारतमा चिनियाँ डिभाइस र एपहरुको प्रयोग बन्द होला ? यस्तो छ अहिलेको तथ्यांक

Technology Khabar ७ असार २०७७, आईतवार

के भारतमा चिनियाँ डिभाइस र एपहरुको प्रयोग बन्द होला ? यस्तो छ अहिलेको तथ्यांक

भारत र चीनबिच बढ्दो तनावले भारतमा चिनियाँ सामाग्री र सेवाहरु प्रयोगमा रोक लगाउनुपर्ने माग बढिरहेको छ । जसमा कतिपयले चिनियाँ सामाग्रीहरु र सेवाहरु प्रयोग नगर्ने घोषणा गर्ने लहर समेत चलिरहेको छ ।

तर त्यो कति संभव छ र दिर्घकालसम्म जान सक्छ भन्ने प्रश्न रहेको छ ।

भारतका अधिकांश व्यवसायीक क्षेत्रमा चिनियाँ हालिमुहाली देखिन्छ । स्मार्टफोनदेखि मोबाइल एपसम्म चिनको बर्चश्व रहेको छ । जहाँ अधिकांश भारतीयहरुले सस्तो मूल्यमा प्रयोग गरेको देखिन्छ ।

स्मार्टफोन- भारतको स्मार्टफोन बजार २ लाख करोड भारु बराबरको रहेको छ। यसमध्ये चिनियाँ कम्पनीहरूका उत्पादनहरूको बजार हिस्सा ७२ प्रतिशत छन। भारतमा सबैभन्दा धेरै बिक्री हुने गरेका शाओमी, रियलमी, वनप्लस जस्ता फोनहरु चिनियाँ ब्राण्ड हुन् ।

भारतसँग यस विषयमा कुनै विकल्प छैन। किनकी चिनियाँ ब्रान्डहरू प्रत्येक मूल्य क्षेत्र र आर एंड डीमा निकै अगाडि छन्।

टेलिकम उपकरण- भारतमा टेलिकम उपकरणको कुल बजार १२,००० करोड भारु रूपैयाँ छ। यसमा २५ प्रतिशत हिस्सा चिनियाँ कम्पनीहरूको छ।

भारतले यो गर्न सक्दछ, तर यो निकै महँगो हुनेछ। टेलिकम कम्पनीहरूले खरीद लागतमा १० १५ प्रतिशतले वृद्धि गर्न सक्दछन्। तर यदि यी कम्पनीहरूले यूएस वा युरोपेली आपूर्तिकर्ताहरूको विकल्प अपनाए भने उनीहरूले भेण्डर फाइनान्सिङ्ग अप्सनको नोक्सानी भोग्न सक्छन्।

टिभी- भारतमा टेलिभिजन बजार २५ हजार करोड भारु बराबरको छ । यसमा चिनियाँ कम्पनीहरुको स्मार्ट टिभीको बजार हिस्सा ४२ देखि ४५ प्रतिशत छ। नन स्मार्ट टिभीहरुको हिस्सा केबल ७ देखि ९ प्रतिशत छ।

भारतले गर्न सक्दछ, तर यो धेरै महँगो हुनेछ। चीनको स्मार्ट टिभी भारतको तुलनामा २० देखि ४५ प्रतिशतसम्म सस्ता छन् ।

घरेलु उपकरणहरू- भारतमा यस खण्डको बजार आकार ५० हजार करोड भारु बराबरछ । चिनियाँ कम्पनीहरूको यसमा १०(१२ प्रतिशत हिस्सा छ।

यो सेगमेन्टमा भारतको लागि पर्याप्त सजिलो हुन्छ। तर यो परिवर्तन हुने संभावना छ जब ठूला चिनियाँ ब्रान्डहरू भारतमा धेरै सस्तोमा बजार प्रवेश गर्नेछन् ।

अटो कम्पोनेन्ट- भारतमा यस खण्डको बजार आकार ५७ अर्ब डलर बराबरको छ। यसमा २६ प्रतिशत चिनियाँ कम्पनीहरूको हिस्सा छ।

भारतको लागि निकै गाह्रो क्षेत्र हो । यसको लागि अनुसन्धान र विकासमा धेरै खर्च गर्नुपर्नेछ ।

सौर्य उर्जा- भारतमा यसको बजार आकार ३७ हजार ९ सय मेगावाट छ। यसमध्ये ९० प्रतिशत बजार अंश चिनियाँ कम्पनीहरूको छ।

यो भारतको लागी धेरै गाह्रो छ। घरेलु स्तरमा उत्पादन धेरै कमजोर छ। जबकि अन्य विकल्प चीन भन्दा महँगो हुनेछ।

एजेन्सीका साथ

प्रकाशित: ७ असार २०७७, आईतवार

Comments are closed.

Loading...