ह्वावेले नयाँ फ्ल्यागशिप स्मार्टफोन मेट४० बजारमा ढिलो ल्याउने, चीप आपूर्तिको मूल्यांकन गर्दै

Technology Khabar ७ असार २०७७, आईतवार

ह्वावेले नयाँ फ्ल्यागशिप स्मार्टफोन मेट४० बजारमा ढिलो ल्याउने, चीप आपूर्तिको मूल्यांकन गर्दै

टेक कम्पनी ह्वावेले आफ्नो नयाँ डिभाइस मेट४० बजारमा ढिलो आउने भएको छ । कम्पनीले आफ्ना कम्पोनेन्ट आपूर्तिकर्ताहरुका लागि उत्पादन रोक्ने आदेश दिएसँगै नयाँ फ्यागशिप डिभाइस बजारमा ढिलो आउने भएको हो ।

कम्पनीको नयाँ डिभाइसको मास प्रडक्सन १ देखि २ महिना ढिलाई हुने रिपोर्ट बाहिर आएको छ। कम्पनीले आफ्नो नयाँ मोडलहरु अनावरण गर्नसक्ने तर बजारमा उपलब्ध गराउने प्रकृया भने ढिलो हुनसक्ने अनुमान गरिएको छ ।

ह्वावे अहिले आफ्नो चीप्सको आपूर्तिको मूल्यांकन गरिरहेको छ । अमेरिकाले लगाएको प्रतिबन्ध र व्यापार युद्धसँगै कम्पनीले अहिलेको समयमा आफू सुरक्षित हुन खोजेको अनुमान गरिएको छ। तर पुराना चीपहरु नयाँ फ्ल्यागशिप फोनको लागि भने प्रयोग गर्न सकिनेछ ।

यसअघि नै ह्वावेले आफ्नो हिसिलिकन चीपसेटहरुका लागि टिएसएमसीसँग ७०० मिलियन डलरको अर्डर पठाउने प्रयास गरिरहेको थियो तर अमेरिकाले अमेरिकी प्रविधि प्रयोग भएको कुनैपनि डिभाइस वा सेवा प्रयोग गर्न नदिने निर्णय गरेसँग थप समस्या भएको थियो ।

यो अर्डरले संभवत ५ नानोमिटर किरिन १०२० चिपसेटहरु र ७ नानोमिटर ५जी मोडेमहरु सुरक्षित हुन सक्नेछ ।

हिसिलिकन चीपसेटमा समस्या आएपछि ह्वावे अब वैकल्पिक चीप आपूर्तिकर्ताहरु खोजिरहेको छ । जसमा क्वालकम र मिडिया टेक चीप्सहरु हुनसक्ने रिपोर्टहरुमा बताईएको छ तर त्यसले डिभाइसको आन्तरिक डिजाइन नै परिवर्तन गर्नुपर्ने हुँदा यसले ढिलो हुनसक्नेछ ।

गूगलको प्ले सर्भिसहरु गुमाएसँगै ह्वावेले पश्चिममा बजार गुमाएको छ तर आफ्नो देशको बजारमा भने ससक्त उपस्थिति बिस्तार गरेको छ । एजेन्सीका साथ

प्रकाशित: ७ असार २०७७, आईतवार

Comments are closed.

Loading...