एप्पलले आफ्नो सबैभन्दा सस्तो ह्यान्डसेट ‘आईफोन एसई’ भारतमा तयार गर्ने

Technology Khabar ६ असार २०७७, शनिबार

एप्पलले आफ्नो सबैभन्दा सस्तो ह्यान्डसेट ‘आईफोन एसई’ भारतमा तयार गर्ने
Classic Tech
Nepal Telecom

अमेरिकी टेक कम्पनी एप्पलले भारतमा आफ्नो सबैभन्दा सस्तो ह्यान्डसेट आईफोन एसई बनाउन शुरू गर्ने भएको छ। भारतमा विदेशबाट फोन आयातमा लाग्ने २० प्रतिशत थप कर तिर्नु नपर्ने हुँदा भारतमा नै आईफोन एसई  बनाउने भएको हो ।

यस तरीकाले कम्पनीले भारतीय बजारमा आफ्नो डिभाइसको मूल्य कम गर्नको लागी सक्षम हुने विश्वास गरिएको छ।

नयाँ रिपोर्टअनुसार एप्पलले चीनको कम्पोनेन्ट आपूर्तिकर्तालाई नयाँ आईफोन एसईका पार्टहरू भारत पठाउन आग्रह गरेको छ। एप्पल नयाँ उपकरणको पार्ट्स विस्ट्रोन (ताइवानमा डिजाइन निर्माता) इण्डियामा पठाउन चाहन्छ र आगामी महिनामा यो शुरु हुने अपेक्षा गरिएको छ।

विगत केहि वर्षहरुमा, हामीले एप्पलको आईफोन उत्पादन भारतमा सार्ने धेरै भन्दा धेरै जानकारीहरु सुनिरहेका छौं । भारतमा २०२० आईफोन एसईको एसेम्बल्ड गर्नाले स्थानीय बजारको आवश्यकताहरू राम्रोसँग पुरा गर्न सक्ने अपेक्षा गरिएको छ।

यद्यपि यस फोनको मूल्य भारतमा अन्य बजारको तुलनामा बढी छ। अमेरिकी डलरमा रूपान्तरण गर्दा भारतमा कम्पनीले आईफोन एसई ५६० अमेरिकी डलरमा बेच्छ। तर, अमेरिकामा यसको लागत ३९९ अमेरिकी डलर मात्र रहेको छ ।

केहि साता अघि मात्रै भारतीय सरकारले स्वदेशमा लगानी बढाउनका लागि विभिन्न प्याकेजहरुको घोषणा गरेको थियो । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ६ असार २०७७, शनिबार

Loading...