गृह मन्त्रालयको एसएमएस सेवा पुन: संचालन, ह्याकको बारेमा अनुसन्धान हुँदै

Technology Khabar ५ असार २०७७, शुक्रबार

गृह मन्त्रालयको एसएमएस सेवा पुन: संचालन, ह्याकको बारेमा अनुसन्धान हुँदै

काठमाडौं ।

बुधबार दिउँसो ह्याक भएको गृह मन्त्रालयको एसएमएस सेवा बिहिबारदेखि पुन: संचालनमा ल्याएको छ ।

यसअघि मन्त्रालयको एसएमएस सेवा बुधबार दिउँसो २ बजेपछि ह्याक गरेर गलत तथा भ्रामक सूचना सम्प्रेषण गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका थिए ।

बुधबारको घट्नापछि अनुसन्धान गर्दा सेवा नै ह्याक गरिएको पाईएको थियो ।

सो बारेमा मन्त्रालयले नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिईसकेको छ ।

यो पनि हेर्नुस्-

गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक, पठाईयो गलत र भ्रामक जानकारी

Global Bank
easy care

प्रकाशित: ५ असार २०७७, शुक्रबार