फाइभजी स्मार्टफोन अझै सस्तो हुने, क्वालकमको स्न्यापड्रागन ६९० चिपसेट सार्वजनिक

Technology Khabar ४ असार २०७७, बिहीबार

फाइभजी स्मार्टफोन अझै सस्तो हुने, क्वालकमको स्न्यापड्रागन ६९० चिपसेट सार्वजनिक

चिपसेट निर्माता कम्पनी क्वालकमले नयाँ चिपसेट स्न्यापड्रागन ६०० श्रृंखला शुरु गर्दै नयाँ चिपसेट लन्च गरेको छ। यो नयाँ चिपसेट विशेष रूपमा मध्य दायरा अर्थात मिड-रेन्जका स्मार्टफोनका लागि डिजाइन गरिएको हो।

क्वालकम स्मार्टफोनहरूको लागि आवश्यक पर्ने प्रोसेसर र मोडेल चिपहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो।

६०० सीरीज स्न्यापड्रागन ६९० चिपसेट ५ जी कनेक्टिविटीको साथ आउँदछ, यसको मतलब यो स्पष्ट छ कि अब ५ जी केवल हाई एण्ड डिभाइसका लागि मात्र नभई मध्य-दायराका फोनहरूको लागि पनि उपलब्ध हुनेछ।

क्वालकमले एक विज्ञप्तिमा भनेको छ की विश्वभरमा ५ जी अनुभव सुधार गर्नका लागि यो नयाँ प्लेटफर्म बनाइएको हो। स्न्यापड्रागन ६९० डिभाइस एआई र एन्टरटेन्मेन्ट एक्सपेरिएन्स सपोर्टका साथ आउँदछ।

यस चिपको साथ आउने स्मार्टफोन यस बर्षको दोस्रो अर्ध वार्षिकमा बजारमा आउने अपेक्षा गरिएको छ।

क्वालकमका अनुसार यो चिप ३०० डलरदेखि ५०० डलरको दायरामा बिक्री हुने स्मार्टफोन डिभाइसमा उपलब्ध हुनेछ।

क्वालकमका अनुसार यी चिपसेटहरू एचएमडी ग्लोबल, नोकिया फोन ब्रान्ड, एलजी इलेक्ट्रोनिक इंक र लेनोवो ग्रुप लिमिटेड मोटोरोला जस्ता कम्पनीको स्मार्टफोनमा दिइनेछ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ४ असार २०७७, बिहीबार

Loading...