ओपोको भारतमा नयाँ स्मार्टफोन लन्चिङ्ग इभेन्ट रद्द, भारत र चीनबीच जारी तनाब प्रमुख कारण

Technology Khabar ४ असार २०७७, बिहीबार

ओपोको भारतमा नयाँ स्मार्टफोन लन्चिङ्ग इभेन्ट रद्द, भारत र चीनबीच जारी तनाब प्रमुख कारण

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता ओपोले बुधवार भारतमा आफ्नो नयाँ प्रमुख स्मार्टफोनको लन्चिङ्ग रद्द गरेको छ।

ओपोले भारत-चीन बीचको बढ्दो तनावलाई ध्यानमा राख्दै यो निर्णय लिएको समाचार एजेन्सी रोयटर्सले एक रिपोर्टमा उल्लेख गरेको छ।

पछिल्लो दिनमा भारत र चिनियाँ सैनिकहरूबीच झगडामा ४२ बर्ष पछि भारतका २० सैनिक मारिएका समाचार बाहिर आएका छन्।

दुई देशबीचको झगडा भएपछि भारतीय बजारमा लगानी गर्न तयारी गरिरहेका चिनियाँ लगानीकर्ताहरू पनि स्तब्ध भएको बताईएको छ ।

ओप्पोले भारतमा एक्स २ स्मार्टफोन मोडेल अनलाइन ल्याउने घोषणा गरेको थियो ।यद्यपि बुधवार बेलुका भारतीय समयअनुसार ४ बजे सुरूवात हुनुपर्ने सो लाइभ इभेन्ट यूट्यूबमा लिंक उपलब्ध थिएन।

फोन लन्च गर्नुको सट्टा, ओपोले २० मिनेटको प्रि-रेकर्ड गरिएको भिडियो अपलोड गरेको छ। सो भिडियोमा कम्पनीले भारतीय अधिकारीहरूसँग मिलेर कोरोना भाइरस संक्रमणसँग लड्न कडा मिहिनेत गरीरहेको उल्लेख गरेको छ।

यद्यपि अझैसम्म ओपोबाट लन्च कार्यक्रम किन रद्ध गरियो भन्ने सम्बन्धमा कुनै जानकारी आएको छैन।

रोयटर्सले ओपोसँग सम्बन्धित व्यक्तिलाई उदृत गर्दै लेखेको छ कि सोशल मीडियामा हुनसक्ने सम्भावित विरोधलाई ध्यानमा राखी यो निर्णय गरिएको हो।

भारतमा बिक्री हुने प्रत्येक १० स्मार्टफोनमध्ये ८ वटा ओपो र शाओमी जस्ता स्मार्टफोन कम्पनीहरूको हुने गर्दछ। भारतमा ओप्पोको मोबाइल एसेंबली प्लान्ट पनि छ।

easy care

प्रकाशित: ४ असार २०७७, बिहीबार