भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूमका सबै प्रयोगकर्ताहरुलाई अब ईण्ड टू ईण्ड एनक्रिप्सन

Technology Khabar ४ असार २०७७, बिहीबार

भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूमका सबै प्रयोगकर्ताहरुलाई अब ईण्ड टू ईण्ड एनक्रिप्सन

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूमले अब सबै यूजर्सको एकाउन्ट सुरक्षा लागि ‘ईण्ड टू ईण्ड एनक्रिप्सन’ दिने भएको छ । यसअघि सशुल्क ग्राहकहरुका लागि मात्र त्यस्तो फीचर ल्याएकोमा अहिले अचानक कम्पनीले सबैलाई दिने घोषणा गरेको हो ।

कम्पनीको नयाँ घोषणाअनुसार अब सशुल्क र निशुल्क दुबै प्रयोगकर्ताले ईण्ड टू ईण्ड एनक्रिप्सन प्राप्त गर्नेछन् । यो फीचर आगामी जूलाईमा लन्च हुनेछ ।

तर निशुल्क प्रयोगकर्ताहरुले यो सेक्यूरिटी फीचर प्रयोग गर्नका लागि केहि अतिरिक्त जानकारीहरु प्रमाणीकरणका लागि उपलब्ध गराउनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

उदाहरणको लागि भेरिफिकेसन लिंक पाउने मोबाइल नम्बर हुनसक्नेछ, जसले गर्दा जूमले आवश्यक जाँच गर्नेछ र प्लेटफर्मको दूरुपयोगलाई रोक्न प्रयास गर्नेछ ।

जूमका निशुल्क प्रयोगकर्ताहरुको लागि यसअघिको नीतिको भन्दा यो निकै महत्वपूर्ण कदम हो ।

‘हामी कृतज्ञ छौं जसले ईण्ड टू ईण्ड एनक्रिप्सन डिजाइनको लागि उनीहरुको सुझाब दिए, जसमा प्राविधिक र दार्शनिक दुबै थिए,’ कम्पनीले ब्लगमा भनेको छ, ‘हामी प्रत्येकलाई उनीहरुको विचार र धारणा यो जटिल जारी प्रकृयाको बारेमा शेयर गर्न उत्साहित गराउँछौं ।’

कोरोना भाइरसको महामारीले गर्दा जूमको प्रयोगमा उछाल आएको थियो जसले कम्पनीको प्लेटफर्म सुरक्षित नभएको सार्वजनिक भएको थियो ।

तर केहि साताअघि जूमका सिईओ एरिक यूआनले कानून पालना गराउने निकायहरुसँग का मगर्न भनेर निशुल्क प्रयोगकर्ताहरुलाई ईण्ड टू ईण्ड एनक्रिप्सन नदिने बताएपनि उनको निकै आलोचना भएको थियो ।

त्यसैगरि केहि दिनअघि मात्रै चिनियाँ अधिकारकर्मीको जूम एकाउन्ट चिनियाँ सरकारको अनुरोधमा बन्द गरेपछि कम्पनी निकै दबाबमा रहेको थियो । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ४ असार २०७७, बिहीबार

ताजा समाचार