सूचना प्रविधि सूरक्षण गर्न यस्ता छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १३ बुँदे विधि

Technology Khabar ४ असार २०७७, बिहीबार

सूचना प्रविधि सूरक्षण गर्न यस्ता छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १३ बुँदे विधि

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न समुहबाट सरकारी वेबसाइट र निजि क्षेत्रका वेबसाइटहरु ह्याक गर्ने तथा डाटा चोरी गर्ने क्रम देखिएको भन्दै बुँदागतरुपमा सुरक्षाको उपाय अपनाउन आग्रह गरेको हो ।

सूचना प्रविधि प्रयोगको विकल्प नभएको भन्दै सरकारको डिजिटल नेपाल निर्माण गर्ने महत्वाकांक्षी योजनालाई सफल पार्न शैक्षिक क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य क्षेत्र, दूरसञ्चार सेवा प्रदायकहरुलगायत सबै सरकारी, अर्ध सरकारी र गैर सरकारी निकायहरुलाई १३ बुँदे सुरक्षाका उपायहरु अबलम्बन गर्न भनेको हो ।

यसअघि भएका विभिन्न ह्याकिङ र डाटा चोरीको घट्नामा राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहले सुक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै सुरक्षित सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याउनुपर्ने बताईएको छ ।

यी हुन सूरक्षाका उपायहरु-

मन्त्रालयले सूचना प्रविधि प्रणालीहरुमा सेक्योर अथेन्टिकेनसको व्यवस्था गर्ने, फिसिंग र स्पाम ईमेलहरु बारेमा सजग बनाउने, ईमेलको आधिकारीकता पुष्टि नभएसम्म खोल्दै नखोल्ने सुझाब दिएको छ।

त्यसैगरि आफ्नो निकायको डाटाबेस, एप्लिकेसन लाइब्रेरी लगायतका सूचना प्रविधि संयन्त्रहरु अपडेट राख्ने र एन्टिभाइरस लगायतको नियमित अपडेट गर्न समेत भनेको छ ।

अपरेटिङ सिस्टमलाई सकेसम्म नयाँ राख्ने र सक्कली अपरेटिङ सिस्टम मात्र प्रयोग गर्ने तथा अपडेट गरिरहनका लागि सुझाएको छ भने सिस्टमको एडमिनिस्ट्रेसनमा सूचना प्रविधि सम्बन्धि सूपरभाइरलाई मात्र पहुँच दिने व्यवस्था गर्न भनेको छ ।

कम्प्यूटरका यूएसबी, सिडी रोमहरु लगायतका पोर्ट बन्द गरि सार्न नसकिने व्यवस्थादगर्न तथा त्यसको आवश्यकता भएमा एक्टिभ डाइरेक्टीको प्रयोग गर्न भनिएको छ ।

फायरवाल पोलिसीहरुको बारेमा अध्ययन गरेर परिमार्जन गर्न भनिएको छ भने सिस्टममा हुने डाटाहरुलाई इनक्रिप्ट गरेर मात्र भण्डारण गर्न मन्त्रालले सुझाब दिएको छ ।

त्यसैगरि यूआरएलमा एसएसएलको प्रयोग गर्ने, सूचना प्रविधि प्रणालीहरुलाई विशेषज्ञमार्फत सुरक्षा परिक्षण गराउने र प्रतिवेदनअनुसार तत्काल समस्या समाधान गर्नुपर्नेछ ।

मन्त्रालयले दिएको सुझाबअनुसार आफ्ना सबै तथ्यांकहरु नियमितरुपमा ब्याकअप गर्ने र एक्सटर्नल हार्ड ड्राइभमा छुट्टै डाटा सुरक्षित भण्डारण गर्न भनिएको छ ।

विभिन्न निकायहरुले आवश्यक परेको अवस्थामा तत्काल संचालन गर्नेगरि ब्याकअप प्रणालीको व्यवस्था गर्न भनिएको छ ।

Cyber Security Tips
easy care

प्रकाशित: ४ असार २०७७, बिहीबार