दूर्गम क्षेत्रका जिल्लालाई प्राथमिकतामा राखेर मुलुकभर फोरजी सेवा पुर्याईँदै

Technology Khabar ३ असार २०७७, बुधबार

दूर्गम क्षेत्रका जिल्लालाई प्राथमिकतामा राखेर मुलुकभर फोरजी सेवा पुर्याईँदै
नेपाल टेलिकमको फोरजी लोगो । फाइल फोटो
Classic Tech

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजी सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजी सेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए ।

मन्त्री खतिवडाले दूर्गम कर्णाली र सुदूरपश्चिमका दूर्गम जिल्लाहरुलाई ध्यानमा राखेर फोरजी बिस्तार भईरहेको बताएका हुन् ।

‘लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ । मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ,’ मन्त्री खतिवडाले भने ।

TK Viber

प्रकाशित: ३ असार २०७७, बुधबार

Loading...