सेवाग्राहीले सजिलै बुझ्ने र हेर्नेगरि इन्टरनेट ब्याण्डविथको जानकारी दिन सेवा प्रदायकलाई निर्देशन

Technology Khabar ३ असार २०७७, बुधबार

सेवाग्राहीले सजिलै बुझ्ने र हेर्नेगरि इन्टरनेट ब्याण्डविथको जानकारी दिन सेवा प्रदायकलाई निर्देशन
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेटको प्रयोग र खपत भएको बारे ग्राहकलाई बुझ्नसकिने गरि सहि जानकारी दिन निर्देशन दिएको छ ।

नियमनकारी निकाय प्राधिकरणले आजै इन्टरनेट सेवा प्रदायक र ग्राहकहरुबीच भएको सम्झौताको आधारमा ग्राहकले कति ब्याण्डविथ पाईरहेका छन भन्ने जानकारी दिने व्यवस्था गर्न निर्देशन दिएको हो ।

‘इन्टरनेट सेवाको गुणस्तर सम्बन्धि गुनासोहरुलाई सम्बोधन गर्न इन्टर्नेट सेवा प्रदायक र सेवाग्राही बीच भएको सम्झौता अनुसार सेवाग्राहीले कुन कुन समयमा के कति इन्टरनेट ब्याण्डविथ (Internet Bandwidth/Throughput) प्राप्त गरिरहेका छन् सेवाग्राहीले सजिलै बुझ्ने र सेवाग्राही आफैले हेर्न सक्ने व्यवस्था गर्न इन्टर्नेट सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरुलाई निर्देशन जारी गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकरी गराईन्छ ।,’ प्राधिकरणले निर्देशन दिँदै भनेको छ ।

यस्तो जानकारीको लागि सेवा प्रदायकले सेवाग्राहीहरुलाई मल्टि राउटर ट्राफिक ग्राफर(एमआरटिजी) ग्राफको पहुँच दिनुपर्ने हुन्छ । तर अहिलेसम्म हिमालयन अनलाइनले मात्र यस्तो व्यवस्था गरेको छ भने अन्य इन्टर्नेट सेवा प्रदायकले प्राधिकरणको यसअघिको निर्देशन समेत उलंघन गरिरहेका छन् ।

यसअघि पनि दूरसञ्चार प्राधिकरणले मल्टि राउटर ट्राफिक ग्राफर(एमआरटिजी) ग्राफको पहुँच उपलब्ध गराउन र ग्राहकहरुलाई दिँदै आएको इन्टरनेट ब्याण्डविथको बारेमा सूचना दिन समेत निर्देशन दिएको थियो ।

यो पनि हेर्नुस्-

इन्टरनेट ब्याण्डविथ ग्राहकले नै हेर्नसक्ने, एमआरटिजी ग्राफको पहुँच दिन प्राधिकरणको निर्देशन

TK Viber

प्रकाशित: ३ असार २०७७, बुधबार

Loading...