नेपाली कम्पनी वान कभर प्राइभेट लिमिटेड र श्रीलंकाको टेक सर्टबीच सम्झौता

Technology Khabar ३ असार २०७७, बुधबार

नेपाली कम्पनी वान कभर प्राइभेट लिमिटेड र श्रीलंकाको टेक सर्टबीच सम्झौता
Global IME Bank

काठमाडौं ।

साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेको नेपाली कम्पनी वान कभर प्राइभेट लिमिटेड र श्रीलंकाको टेक सर्ट (Tech CERT) बीच सम्झौता भएको छ ।

दुवै कम्पनीले संयुक्तरुपमा साइबर सुरक्षा मूल्यांकन, परामर्श तथा व्यवस्थित सेक्युरिटी सर्भिस प्रदान गर्ने गरी सहकार्य गरेका हुन् ।

वान कभरले नेपालका विभिन्न कम्पनी तथा संस्थाहरुको साइबर सुरक्षाको जोखिम व्यवस्थापन, सुरक्षा समाधान, आईटी अडिट तथा सुरक्षा अनुसन्धान र अन्वेषणको काम गर्दै आएको छ ।

टेक सर्ट श्रीलंकाको सबैभन्दा ठूलो कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम सर्ट हो । यसले विश्वभरका संघ संस्थाहरुलाई एकिकृत सूचना प्रविधि सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ ।

टेक सर्टले विश्वभरका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा साइबर सुरक्षा संगठनहरुसँग सहकार्य गर्दै आइरहेको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै साइबर सुरक्षा सेवा प्रदान गर्दै आइरहेको वान कभरले अब टेकसर्टसँगको सहकार्यमा विश्वस्तरको विश्वासिलो र गुणस्तरयुक्त सेवा नेपालमा प्रदान गर्ने बताईएको छ ।

नयाँ सहकार्यपश्चात नेपालको सूचना प्रविधि पूर्वाधार र नेटवर्कलाई पूर्ण रुपमा तयारी अवस्थामा राख्दै जोखिम न्युनिकरण गर्न आवश्यक कदम चाल्न सकिने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ३ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया