सोशल मिडिया जायन्ट फेसबुकले आफ्नै अनलाइन पेमेन्ट ‘फेसबुक पे’ बनाउँदै

Technology Khabar २ असार २०७७, मंगलवार

सोशल मिडिया जायन्ट फेसबुकले आफ्नै अनलाइन पेमेन्ट ‘फेसबुक पे’ बनाउँदै

काठमाडौं ।

अनलाइन भुक्तानीका लागि विश्वबजारमा नयाँ कम्पनी थपिने भएको छ। सोशल मिडिया जायन्ट फेसबुकले आफ्नो अनलाइन पेमेन्ट ‘फेसबुक पे’ शुरु गर्ने भएको छ ।

कम्पनीका सिईओ मार्क जुकरबर्गले सोमबार ह्वाट्सएप पे ब्राजिलमा शुरु गरिएको घोषणा गर्दै कम्पनीले ‘फेसबुक पे’ चाँडै नै शुरू गर्ने बताए।

ब्राजिलमा फेसबुकले सोमबारदेखि ह्वाट्सएप पे लन्च गरेको छ । जसबाट रकम फोटो शेयर गरेजस्तै रकम प्राप्त गर्न र भुक्तानी गर्न सहज हुने जुकरबर्गले बताएका छन् ।

यसका साथै साना व्यवसायीहरुले ह्वाट्सएप बाट नै बिक्री गर्न सकिने सुबिधा समेत ब्राजिलमा शुरु गरिएको छ ।

उता फेसबुकका सीईओ जुकरबर्गले फेसबुक पे बनाउँदै गरेको जानकारी दिँदै यसबाट कम्पनीको एप्सबा बिचमा पैसाको लेनदेन धेरै सजिलो र सुरक्षित हुने दाबी गरे । एजेन्सीका साथ

easy care

प्रकाशित: २ असार २०७७, मंगलवार

ताजा समाचार