‘खल्ती’ मोबाइल वालेट एपबाट एनसेलको डाटा प्याक किन्न सकिने

Technology Khabar २ असार २०७७, मंगलवार

‘खल्ती’ मोबाइल वालेट एपबाट एनसेलको डाटा प्याक किन्न सकिने

काठमाडौं ।

एनसेलले डाटा र भ्वाइस प्याक बेच्न ‘खल्ती’सँग थाल्यो सहकार्य
‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपका साथै Khalti.com वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् ।

एनसेलका प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेको छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूको विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याकको अवधिको समेत जानकारी पाउन सक्ने छन् ।

एनसेलको डाटा प्याक किन्न ‘खल्ती’को मोबाइल एप वा खल्ती डटकम वेब पेजबाट लगइन गर्नुपर्छ । त्यहाँको गृहपृष्ठमा डाटा प्याक मेनु उपलब्ध छ । त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ ।

त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हो, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ डाटा प्याक को भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ । ग्राहकले ‘खल्ती’ एपबाट सिधै, मोबाइल बैंकिंग वा इन्टरनेट बैंकिंगमध्ये कुनै विकल्प छानेर डाटा प्याक को भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट एनसेलको भ्वाइस प्याक समेत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

एनसेलका ९८।९९ पैसादेखि १०४०।६५ रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । तोकिएको भोलुमको डाटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन्।

‘खल्ती’का निर्देशक अमित अग्रवालले एनसेलसँगको सहकार्यमा मोबाइल एप र ‘खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ‘खल्ती’बाटै परिवारका सदस्य र आफन्तहरूलाइ समेत डाटा किनेर उपहार दिन सकिने अबस्था आएको बताए ।

खल्तीबाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएको छ,’ उनले भने, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नु पर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलो भएको छ ।’

‘खल्ती’को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ असार २०७७, मंगलवार