निर्माणाधीन काठमाडौं-निजगढ द्रूत मार्गमा अप्टिकल फाइबर राख्ने दूरसञ्चार प्राधिकरणको योजना

Technology Khabar २ असार २०७७, मंगलवार

निर्माणाधीन काठमाडौं-निजगढ द्रूत मार्गमा अप्टिकल फाइबर राख्ने दूरसञ्चार प्राधिकरणको योजना

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन द्रूत मार्ग(फास्ट ट्रयाक)मा इन्टरनेट कनेक्टिभिटीको लागि अप्टिकल फाइबर राख्ने भएको छ ।
प्राधिकरणले आगामी आर्थिक वर्षको बजेटमा सो कार्यको लागि बजेट विनियोजन गरेको छ।

प्राधिकरणले निर्माणधीन काठमाडौं निजगढ द्रूतमार्गमा फाइबर कनेक्टिभिटी व्यवस्था गर्न १५ करोड रुपैयाँ छुट्याएको छ । सो रकममा प्राधिकरणले आगामी आवमा डक्टिङ्ग गर्नका लागि सेवा प्रदायक छनौट गर्ने र अनुदान रकम दिएर काम गराउने छ ।

प्राधिकरणका लागि सो कार्यका लागि नेपाली सेनासँग समन्वय गर्नेछ भने तीन चौमासिकमा सम्पन्न गर्ने योजना राखेको छ ।

यसलाई प्राधिकरणले आफ्नो पूर्वाधार शाखामार्फत गर्नेगरि सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

Global Bank
easy care

प्रकाशित: २ असार २०७७, मंगलवार

ताजा समाचार