स्टारलिंक स्याटेलाइटका लागि थप ५९ स्याटेलाइट स्पेसएक्सले अन्तरिक्षमा पुर्यायो

Technology Khabar १ असार २०७७, सोमबार

स्टारलिंक स्याटेलाइटका लागि थप ५९ स्याटेलाइट स्पेसएक्सले अन्तरिक्षमा पुर्यायो

काठमाडौं ।

अमेरिकी रकेट कम्पनी स्पेसएक्सले हालै आफ्नो ५८ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ । कम्पनीले स्टारलिंक स्याटेलाइट परियोजनाको लागि थप स्याटेलाइट प्रक्षेपण गरेको हो ।

स्पेस एक्सको फाल्कन ९ रकेटमार्फत शनिवार अन्तरिक्षमा स्याटेलाइट पठाईएको थियो भने साथमा ३ वटा प्लानेट ल्याबका स्याटेलाइट पनि पठाएको छ ।

कम्पनीको फाल्कन ९ रकेटले आफ्ना दुई अन्तरिक्ष यात्रीहरु डग हर्ले र बब बेनकेनलाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुयाएको केहि सातापछि नै नयाँ उडान भरेको हो ।

नयाँ स्याटेलाइटहरु कम्पनीको आफ्नो स्टारलिंक ब्रोडब्याण्ड इन्टरनेट नेटवर्कको लागि प्रयोग हुनेछन् । यसका साथै कम्पनीले हालसम्म ५०० भन्दा बढि स्टारलिंक स्याटेलाइटहरु लो अर्थ अर्विटमा प्रक्षेपण गरिएको छ ।

प्लानेट ल्याबका स्याटेलाइटहरुले भने पृथ्वीको उच्चस्तरको रिजोलुसन भएको तस्विरहरु लिनका लागि प्रयोग गरिनेछ । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: १ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया