क्लियर टिभीमा अनलाइन कक्षा शुरु, सातामा ५ दिन पाँच विषयका कक्षाहरु हुने

Technology Khabar १ असार २०७७, सोमबार

क्लियर टिभीमा अनलाइन कक्षा शुरु, सातामा ५ दिन पाँच विषयका कक्षाहरु हुने

काठमाडौं ।

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई-कक्षा प्रशारण सुरु गरेको छ । ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ ।

कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यसतो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाक इन्स्टिच्यूट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्रीलाई समाबेश गरि च्यानलको प्रसारण शुरु गरिएको हो ।

विज्ञान, समाजिक शिक्षा, अँग्रेजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई-कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुनेछ ।

बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: १ असार २०७७, सोमबार

ताजा समाचार