भारतीय टेलिकम कम्पनी जियो प्लेटफर्ममा निरन्तर विदेशी लगानी थपिँदै

Technology Khabar ३२ जेष्ठ २०७७, आईतवार

भारतीय टेलिकम कम्पनी जियो प्लेटफर्ममा निरन्तर विदेशी लगानी थपिँदै

काठमाडौं ।

विभिन्न लगानीकर्ताहरूले भारतीय धनाढ्य मुकेश अंबानीको जियो प्लेटफर्ममा निरन्तर लगानी घोषणा गरिरहेका छन्।

यससँगै जियो प्लेटफर्ममा कुल लगानी १ लाख ४ हजार करोड भारु नाघेको छ।

शनिबार एकै दिन दुई लगानीकर्ताले जियो प्लेटफर्ममा लगानी घोषणा गरेका छन्। पहिलो टीजीपीले ०.९३ प्रतिशत इक्विटीमा साढे ४ करोड भन्दा बढी लगानी घोषणा गर्‍यो र त्यसपछि एल केटरटनले ०.३९ प्रतिशत इक्विटीमा करिब १ हजार ९ सय करोड लगानी गर्ने घोषणा गरेको छ ।

गत ८ हप्तामा जियो प्लेटफार्ममा १० लगानीकर्तामार्फत २२.३८ प्रतिशत इक्विटीका लागि करिब १ लाख ५ हजार करोड भारुको लगानी भएको छ।

रिलायन्समा लगानी गर्ने क्रम अप्रिल २२ मा फेसबुकको लगानीबाट शुरू भयो, त्यसपछि सिल्वर लेक, भिस्टा इक्विटी, जनरल अटलान्टिक, केकेआर, मुबाडला र सिल्वर लेकले थप लगानी गरे।

गएको आइतवार अबूधाबी लगानी प्राधिकरणद्वारा पनि लगानी घोषणा गरिएको थियो। एजेन्सीका साथ

easy care

प्रकाशित: ३२ जेष्ठ २०७७, आईतवार

ताजा समाचार