नयाँ रुपमा आयो लोकप्रिय गेमिङ्ग एप ‘टकिङ्ग टम’, बच्चाहरुलाई भर्चुअल संसारमा लैजाने

Technology Khabar ३२ जेष्ठ २०७७, आईतवार

नयाँ रुपमा आयो लोकप्रिय गेमिङ्ग एप ‘टकिङ्ग टम’, बच्चाहरुलाई भर्चुअल संसारमा लैजाने

काठमाडौं ।

स्मार्टफोनमा बिरालोसँग कुराकानी गर्ने गरेको त याद गर्नुभएको होला । स्मार्टफोन लोकप्रिय हुँदैगर्दा केहि वर्षअघि हरेकको मोबाइलमा टकिङ्ग (Talking Tom) टमको एप हुने गर्दथ्यो ।

सो टम क्याटले मानिसले बोलेको कुरालाई बिरालोले आफ्नै रमाईलो किसिमले भन्ने गरेको हुँदा सबैले त्यसलाई मन पराउने गर्दथे । अब त्यहि टकिङ्ग टम नयाँ किसिमले आएको छ र यो नयाँ गेमको नाम माई टकिङ्ग टम फ्रेण्डस (My Talking Tom friends) रहेको छ ।

माई टकिङ्ग टम फ्रेण्डसलाई मोबाइल गेम निर्माता कम्पनी आउटफीट ७ लिमिटेडले विश्वभर आधिकारीकरुपमा लन्च गरेको छ । यो एउटा भर्चुअल पेट गेम हो जसमा ६ फरक फरक क्यारेक्टरहरुका साथमा खेल्न सकिन्छ ।

कम्पनीको तर्फबाट टकिङ्ग टमको साथमा नयाँ क्यारेक्टर टकिङ्ग बेक्का पनि समावेश गरिएको छ । यसबाहेक गेममा टकिङ्ग एन्जेला, टकिङ्ग ह्यांक, टकिङ्ग बेन तथा टकिङ्ग जिन्जर रहेका छन् ।

आउटफीट ७ लिमिटेडका सिईओ जिन्यू कियानले भने, ‘माई टकिङ्ग टम फ्रेण्डसका साथ हाम्रो उद्धेश्य लोकप्रिय भर्चुअल पेट शैलीलाई आफ्नो नयाँ स्तरसम्म लानु हो हामी धेरै अगाडि जान चाहेका थियौं र केहि यस्तो गर्न चाहेका थियौं जसको प्रति मानिसहरुलाई विशेष लगाव होस् ।’

कम्पनीका अनुसार माई टकिङ्ग टम फ्रेण्डस बजारमा आउनुभन्दा पहिले नै १ करोड ३० लाख भन्दा बढि मानिसहरुले यो गेमका लागि प्री रजिस्ट्रेशन गराईसकेका छन् ।

माई टकिङ्ग टम फ्रेण्डस इन्टर्याक्टिभ गेम हो जसमा बच्चाहरुलाई भर्चुअल वर्ल्डमा लान्छ । यो गेममा विभिन्न क्यारेक्टरहरुको जीवनशैलीमा भाग लिन सकिनेछ जसमा कुकिङ्ग, पेन्टिङ्ग, सिंगिग, गार्डनिङ्ग र सोशलाइजिङ्ग इत्यादी रहेका छन् ।

आउटफीट ७ ले शुरुवातमा सन् २०१० मा टकिङ्ग टम लन्च गरेको थियो भने पछि यसलाई बिस्तार गरेर विभिन्न पोर्टफोलियो ल्याएको थियो ।

आउटफीट ७ को गेमहरुलाई हालसम्म १३ अर्ब भन्दा धेरै पटक डाउनलोड गरिएको छ भने हरेक महिना ४१ करोड यूजर्सले गेम खेल्ने गरेका छन् ।

गूगल प्ले स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एप्पलको एप स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: ३२ जेष्ठ २०७७, आईतवार

ताजा समाचार