एकैपटक धेरै डिभाइसमा प्रयोग गर्न सकिने फीचर परीक्षण गर्दै ह्वाट्सएप

Technology Khabar ३१ जेष्ठ २०७७, शनिबार

एकैपटक धेरै डिभाइसमा प्रयोग गर्न सकिने फीचर परीक्षण गर्दै ह्वाट्सएप

काठमाडौं ।

इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपले प्रयोगकर्ताहरुले निकै समयदेखि माग गरिरहेको फीचरको लागि कामगर्न शुरु गरेको छ ।

ह्वाट्सएप यूजर्सले एकाउन्टमा विभिन्न डिभाइसहरुबाट एकैपटक प्रयोग गर्न सकिने सुविधा माग गरिरहेका थिए ।

ह्वाट्सएप मल्टि डिभाइस एक्सेस भनिने यो फीचरकोे बारेमा कम्पनीले अध्ययन र अनुसन्धान शुरु गरेको छ । उदाहरणको लागि यसमा स्मार्टफोन र ट्याबलेटबाट एकैपटक पहुँच पाउन सकिन्छ ।

सो बारेमा डब्लूएबीटाइन्फोले रिपोर्ट दिएको छ जसमा नयाँ फीचर आगामी दिनमा आउनेछ। स्रोतहरुलाई उदृत गरेर आएका रिपोर्टअनुसार आगामी दिनमा ह्वाट्सएप एकैपटक ४ डिभाइसबाट एक्सेस गर्न सकिनेछ ।

अहिलेको समयमा सो फंगसन विकासको क्रममा नै रहेको र छिटै बीटा भर्सनमा आउने बताईएको छ तर कहिलेसम्म आउँछ भन्ने जानकारी छैन् ।

ह्वाट्सएप सन् २००९ मा लन्च भएसँगै यूजरहरुले मल्टिपल डिभाइसबाट पहुँच पाउने सुबिधा ल्याउन माग गरिरहेका थिए ।

अहिले ह्वाट्सएपमा एउटा डिभाइसबाट मात्र पहुँच पाउन सकिन्छ । यदपि ह्वाट्सएपको डेस्कटप भर्सनमा एकैपटक चलाउन सकिन्छ तर त्यसको लागि तपाईँको स्मार्टफोनमा ह्वाट्सएप एक्टिभ भएको र मिरर गरिएको हुनुपर्दछ ।

ह्वाट्सएप टिमले यसबाहेक मितिको आधारमा खोज्ने तथा नयाँ टूलहरुको बारेमा पनि काम गरिरहेको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार

ताजा समाचार