धेरै स्मार्ट उपकरणहरू र एन्ड्रोइड फोनले आगामी वर्ष काम गर्न छाड्दै, यस्तो छ कारण

Technology Khabar ३१ जेष्ठ २०७७, शनिबार

धेरै स्मार्ट उपकरणहरू र एन्ड्रोइड फोनले आगामी वर्ष काम गर्न छाड्दै, यस्तो छ कारण

काठमाडौं ।

इन्टरनेट अफ थिंग्स पछिल्ला केही बर्षहरूमा एक प्रमुख प्रविधि परिवर्तनहरू हुन्। बढ्दो लोकप्रियतासँगै कम्पनीहरूले स्मार्ट उपकरणहरूको ईकोसिस्टम बनाउँदैछन्, जुन प्रयोगकर्ताहरूले सजिलै आफ्नो फोनबाट नियन्त्रण गर्न सक्दछन्।

इन्टरनेट अफ थिंग्स (आईओटी)मा आधारित डिभाइसहरू लुगा धुने मेसिन, एसी, फ्रिज र टिभी, भ्याकुम क्लिनरलगायत अहिले प्रयोगमा रहेका छन्। यद्यपि, अर्को वर्ष यी उपकरणहरूसँग सम्बन्धित समस्या आउन सक्छ र धेरै स्मार्ट उपकरणहरूले काम गर्न रोकिनेछन्।

सेक्यूरिटी अनुसन्धानकर्ता र सल्लाहकार स्कट हेल्मीले अर्को वर्ष आउँदै गरेको एक ठूलो समस्याको बारेमा चेतावनी दिएका छन्, जसका कारण धेरै ग्याजेटहरू काम गर्न रोकिने द रजिस्टरको रिपोर्टमा उल्लेख छ।

स्कटले धेरै स्मार्टहोम ग्याजेट र आईओटी ग्याजेटहरू अर्को १२ महिनामा ब्रेक-डाउन हुने चेतावनी दिएका छन्।

यस्ता ग्याजेटहरूमा स्मार्ट टिभीहरू, सेट-टप बक्सहरू, स्मार्ट फ्रिजहरू, र पुरानो एन्ड्रोइड स्मार्टफोनहरू समावेश छन्। यी उपकरणहरूमा अर्को एक वा दुई बर्ष भित्र इन्टरनेट कनेक्सन बन्द हुनेछ।

स्मार्ट उपकरणहरू बन्द हुनुको कारण भनेको उनीहरूको प्रमाणीकरणसँग सम्बन्धित छ। अधिकांश स्मार्ट उपकरणहरू यस्ता छन्, जसको प्रमाणपत्र प्राधिकरणद्धारा उनीहरुको ‘रूट सिक्योरिटी सर्टिफिकेट्स’ निर्माण गरिएका छन् र त्यसको समयावधि सकिने अवस्थामा छ।

त्यस्ता प्रमाणपत्रहरूको सहायताले मात्रै स्मार्ट उपकरणहरूले सर्भरसँग सुरक्षित इन्टरनेट कनेक्सन गर्न सक्दछ।अहिलेको समयमा सबै इन्टरनेट जडानहरू सुरक्षित गर्नु आवश्यक भएको छ । त्यसैले प्रमाणपत्रको म्याद समाप्त हुने उपकरणहरूको संख्या आगामी दिनमा बढ्न सक्दछ।

यसमा सहज विषय यो हो कि यी प्रमाणपत्रहरू फर्मवेयर अपडेटहरूमार्फत नवीकरण गर्न सकिन्छ। यद्यपि कम्पनीहरूले इन्स्टलेसनपछि धेरैजसो उपकरणहरूमा त्यस्ता अद्यावधिकहरू प्रदान गर्दैनन्।

खास गरेर यस्ता उपकरणहरू जुन पुरानो पुराना छन् तिनीहरूले कम्पनीबाट कुनै अपडेटहरू पाउँदैनन्। यस बाहेक कम्प्यानियन एप वा एडमिन ईन्टरफेस सबै उपकरणहरूमा प्रयोगकर्ताको लागि उपलब्ध छ।

धेरै ग्याजेटहरूको लागि, कम्पनीहरूले सफ्टवेयर सपोर्ट प्रदान गर्दैन, त्यसैले यी ग्याजेटहरूले काम गर्न रोक्न सक्दछन्।

उनकाअनुसार एन्ड्रोइड स्मार्टफोनमा पनि यो समस्या हुन सक्दछ किनकि पुरानो उपकरणहरूले अपडेटहरू प्राप्त गर्दैनन् । विक्रेताहरू नयाँ र चमकदार मोडेलहरूमा काम गर्न रुचाउने हुँदा पुरानोमा अपडेट आउँदैनन् । तर एप्पलका डिभाइसहरुमा भने यस्तो समस्या नहुने बताईएको छ ।

यसबाहेक उनले अधिकांश स्मार्ट डिभाइसहरुको रुट सीए केहि वर्षभित्रै अवधि समाप्त हुन लागेका छन् ।

रूट प्रमाणपत्र (रुट सीए) को सामान्यतया २० वर्षको इजाजतपत्र अवधि हुन्छ। वास्तवमा ईन्क्रिप्टेड वेब शुरू भएको २० बर्ष भयो र यसको मतलब यो हो कि धेरै जसो सर्टिफिकेटहरू पूर्णरुपमा सकिएका छन् र नविकरणको आवश्यकता रहेको छ।

यस्तो समस्या गएको ३० मे मा पहिलो पटक देखिएको थियो जसमा रोकु स्मार्ट टिभि बन्द भएको थियो र पछि म्यानुअल्ली अपडेट गर्नुपरेको थियो । आगामी वर्ष यस्तो समस्या सेप्टेम्बर ३०मा देखिने सेक्यूरिटी अनुसन्धानकर्ता र सल्लाहकार स्कट हेल्मीले बताएका छन् ।

खरीदकर्ताहरूले कुनै स्मार्टहोम डिभाइस वा आईओटी ग्याजेट खरिद गरिरहँदा त्यसको प्रमाणपत्रहरूको म्याद सकिने मिति जाँच गर्नु आवश्यक रहेको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार