विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार अलिबाबामा बिक्रीका लागि उपलब्ध

Technology Khabar ३१ जेष्ठ २०७७, शनिबार

विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार अलिबाबामा बिक्रीका लागि उपलब्ध

विश्वमा बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै इलेक्ट्रिक गाडीहरूको माग लगातार बढिरहेको छ। अधिकांश सवारी उत्पादकहरूले ग्राहकको मूल्यलाई ध्यानमा राख्दै यस खण्डमा दुई पाँग्रे र चार पाँग्रे गाडीहरू सार्वजनिक गरिरहेका छन्।

चीनको अग्रणी ई-कमर्श वेबसाइट अलिबाबाले विश्वकै सस्तो इलेक्ट्रिक कार बिक्रीका लागि उपलब्ध गराएको छ। कारको मूल्य एकदमै कम र हेर्नको लागि धेरै आकर्षक रहेको भनिएको छ।

यो गाडी चारजना व्यक्ति यात्रा गर्ने उद्धेश्यअनुसार डिजाइन गरिएको छ। यो चिनियाँ इलेक्ट्रिक कार एक पटक चार्ज भएपछि १०० किलोमिटरसम्म चल्दछ।

चांगली नेमेका ब्राण्डको यो कार खेलौना कार निर्माता कम्पनीले डिजाईन गरेर तयार पारिएको छ। सस्तो इलेक्ट्रिक कार भएपनि यसमा उत्कृष्ट इलेक्ट्रिक मोटर छ। कारमा १२०० वाटको मोटर छ भने यसले १.६ एचपी पावर उत्पन्न गर्दछ। यसलाई चिनियाँ अटोमोटिभ कम्पनी चांगलीले उत्पादन गरेको हो ।

कारमा पनि एक लेफ्ट साइड स्टीयरिङ्ग व्हील र रियर व्हील ड्राइभ प्रणाली राखिएको छ। कारको अधिकतम गति ३५ किमि प्रति घण्टा छ। चांगली इलेक्ट्रिक कारको कुल वजन ३२३ किलोग्राम छ।

एक पटक चार्ज भएपछि यो कारले ४० देखि १०० किलोमिटरको दूरी तय गर्न सक्दछ। यसमा ६० भोल्ट क्षमताको ४५ एएच ब्याट्री प्याक छ । यसलाई पूर्ण चार्ज हुन लगभग ६देखि ८ घण्टाको समय लाग्दछ।

कम्पनीले कारमा १ बर्षे वारेन्टी पनि दिईरहेको छ। यसमा १४८० एमएमको व्हीलबेस राखिएको छ भने ड्रम ब्रेक समेत उपलब्ध छ । यसमा यात्रुहरुको लागि २ वटा ढोकाहरु मात्र रहेका छन् ।

यो ईलेक्ट्रिक कारको मूल्य अलीबाबा ईकमर्श शपिंग साइटमा ९२३ अमेरिकी डलर अर्थात करिब १ लाख १३ हजार रुपैयाँ राखिएको छ। ब्याट्री प्याकको साथ यसको मूल्य १२०० डलर पर्न जान्छ। एजेन्सी

प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार

Comments are closed.

Loading...