मोबाइल एपमार्फत अब कान्ति बाल अस्पतालको टिकट काट्न सकिने

Technology Khabar ३० जेष्ठ २०७७, शुक्रबार

मोबाइल एपमार्फत अब कान्ति बाल अस्पतालको टिकट काट्न सकिने

काठमाडौं ।

कान्ति बाल अस्पतालले अनलाइन मार्फत टिकट लिने व्यवस्था सुरु गरेको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अनलाइनमार्फत टिकट लिने व्यवस्था शुरु गरेको जानकारी दिएको हो।

यो सेवा सुरु भएसँगै अब ओपिडी सेवा लिन आउने सेवाग्राहीले अनलाइनबाटै टिकट लिन सक्ने छन्। सेवाग्राहीले कान्ति चिल्ड्रेन्स हस्पिटल नामको एप्स मोबाइलमा डाउनलोड गरेर टिकट लिन सक्ने अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सो एप्सको शुभारम्भ गरेका थिए ।

हालको लागि एप्स एन्ड्रोइड मोबाइलहरुका लागि गूगलको प्ले स्टोरमा मात्र उपलब्ध भएको र एप्पलको आईओएसका लागि उपलब्ध हुन केही समय लाग्ने अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

अस्पतालको ओपीडी टिकट दर ५० रुपैयाँ रहेकोमा अनलाइन दर्ता शुल्क वापत सुरुमा थप ३० रुपैयाँ तिर्नुपर्नेछ। अस्पतालका अनुसार त्यस्तो अतिरिक्त शुल्क वर्षमा एकपटक तिर्नुपर्ने हुन्छ।

अनलाइन टिकट लिएका सेवाग्राहीहरुले अस्पतालको टिकट काउण्टर नजिक रहेको बिरामीको तौल लिने कक्ष (कोठा नम्बर ११) मा भुक्तानी रसिद वा मोबाइल स्क्रीन देखाएर टिकट प्रमाणित गर्नुपर्ने बताईएको छ।

यदि तपाईँपनि अनलाइन वा मोबाइल एपमार्फत कान्ति बाल अस्पतालको टिकट लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुनेछ ।

Global Bank
easy care

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार