माइक्रोसफ्टले आफ्नो फेसियल रिकोग्निसन टेक्नोलोजी अमेरिकी प्रहरीलाई नबेच्ने

Technology Khabar ३० जेष्ठ २०७७, शुक्रबार

माइक्रोसफ्टले आफ्नो फेसियल रिकोग्निसन टेक्नोलोजी अमेरिकी प्रहरीलाई नबेच्ने

काठमाडौं ।

माइक्रोसफ्ट कर्पोरेशनले अमेरिकी प्रहरीलाई आफ्नो फेसियल रिकोग्निसन टेक्नोलोजी बेच्नु अघि संघीय नियमनको पर्खाइमा रहेको बिहीबार बताएको छ।

कानून लागू गराउने निकायहरुको क्रुरता र पूर्वाग्रहको बिरूद्ध प्रदर्शन भईरहेको बेलायमा माइक्रोसफ्ट यो व्यवसायबाट पछाडि फर्कने अर्को ठूलो फर्म हो ।

प्रतिस्पर्धी अमेजन डट इंकले एक वर्षको लागि आफ्नो ‘रेकिग्निशन’ सर्भिस प्रहरीले प्रयोग गर्नबाट रोकेको घोषणा गरेको केही समय पछि नै यो घोषणा भएको हो । यसमा सबैभन्दा पहिले आईबीएमले सामान्यतया सफ्टवेयर प्रदान नगर्ने बताएको थियो ।

‘हामी आज अमेरिकी प्रहरी विभागहरूलाई आफ्नो फेसियल रिकोग्निसन टेक्नोलोजी बेच्दैनौं, र मानवअधिकारको आधारमा कडा राष्ट्रिय कानून नआएसम्म हामी यो प्रविधि प्रहरीलाई बेच्नेछैनौं,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

अनुसन्धानहरुले कालो छाला टोन भएका व्यक्तिहरूको लागि अनुहारको विश्लेषण कम सटीक हुने देखाएको थियो, जसले गर्दा एक्टिभिस्टहरूले झुठो मेल खादा अन्यायपूर्ण गिरफ्तार हुन सक्ने चेतावनीमा दिएका थिए ।

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी यातनाले गर्दा मृत्यु भएपछि आन्दोलन चर्किएको छ । एजेन्सी

easy care

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार