एप्पलको ‘जातीय समानता र न्यायिक पहल’ घोषणा, १० करोड डलर चन्दा दिने प्रतिबद्धता

Technology Khabar ३० जेष्ठ २०७७, शुक्रबार

एप्पलको ‘जातीय समानता र न्यायिक पहल’ घोषणा, १० करोड डलर चन्दा दिने प्रतिबद्धता

काठमाडौं ।

टेक कम्पनी एप्पलले जातिय विभेद अन्त्य गर्नका लागि नयाँ अभियान शुरु गरेकाे छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भर्खरै जातीय समानता र न्यायिक पहलको लागि लडाईलाई समर्थन गर्ने एप्पलको नयाँ प्रतिबद्धता घोषणा गरेका छन् । जसमा कम्पनीले परिवर्तन गर्नका लागि १० करोड डलर चन्दा दिनेछ।

टिम कुकले ट्विटरमा एप्पलको जातीय समानता र न्याय अभियानका साथसाथै प्रयासको बारेमा भिडियो पनि सार्वजनिक गरेका छन्।

सो भिडियोमा उनी यस भनाइको साथ भन्छन्, ‘जातीय न्याय र समानताको अधूरो कामले हामी सबैलाई अहिले र सँधै जिम्मेबार बनाउन आह्वान गर्दछ।’

कुकले १० करोड डलरको अभियानले विश्वव्यापी रूपमा विस्तार गर्नु अघि अमेरिकामा केन्द्रित गर्नेछ र एप्पलको वातावरण, नीति, र सामाजिक पहल लिपा ज्याक्सनको नेतृत्वमा संचालन हुने बताए ।

हामी प्रत्येक उठ्नुपर्ने र परिवर्तनको लागि लाग्नुपर्ने उनले बताएका छन् । उनले विशेष गरि अश्वेत नागरिकहरुको शिक्षा र स्वास्थ्यका लागि काम गर्ने उल्लेख गरेका छन् ।

कम्पनीले आगामी दिनमा दिर्घकालिनरुपमा विभिन्न संस्थाहरुसँग मिलेर पहुँचमा नभएका मानिस र समुदायका लागि काम गर्ने उनले बताएका छन् ।

कम्पनीले समुदायलाई परिवर्तन गर्न आवश्यक सबै काम गर्ने भन्दै उनले यसका साथै यहि महिना हुने एप्पलको डेभलपर कन्फ्रेन्सको पूर्वसन्ध्यामा पारेर अश्वेत डेभलपरहरुका लागि छुट्टै नयाँ आन्टरप्रेनर डेभलपर्स कार्यक्रम ल्याउने बताए ।

प्रतिनिधित्व, समावेशिता र जिम्मेबारीता तीन मुख्य विषयहरुलाई प्राथमिकता दिने स्पष्ट पारे ।

अमेरिकामा हाल अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी यातनापछि मृत्यु भएपछि आन्दोलन चर्किएको छ । यसका साथै विश्वभर त्यसलाई समर्थन गर्दै प्रदर्शनहरु भईरहेका छन् ।

Global Bank
easy care

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार