एडोब फोटोशप क्यामरा एप एन्ड्रोयड र आईओएस दुबैमा उपलब्ध, अब फोटो एडिट गर्न झनै सजिलो

Technology Khabar २९ जेष्ठ २०७७, बिहीबार

एडोब फोटोशप क्यामरा एप एन्ड्रोयड र आईओएस दुबैमा उपलब्ध, अब फोटो एडिट गर्न झनै सजिलो

काठमाडौं ।

ग्राफिक एडिटिङ्गमा सबैभन्दा धेरै प्रयोग हुने लोकप्रिय एडोव फोटोसप एप्लिकेसनले हालै नयाँ फीचर ल्याएको छ । एडोब अन्तरगतको सो एप कम्प्युटरमा मात्र नभई मोबाइल डिभाइसहरुमा पनि उत्तिकै लोकप्रिय रहेको छ ।

सो एपका डिजाइनहरुले हालै नयाँ प्रडक्ट लन्च गरेका हुन जसले फोटो खिच्नुका साथै मोबाइल फोटोलाई छिटो प्रोसेस गर्न सक्दछ । कम्पनीले यसलाई एडोब फोटोशप क्यामरा नाम दिएका छन् ।

एडोब फोटोशप क्यामराले फोटोग्राफहरुमा वस्तुहरु पहिचान गर्न सेन्सेईको आर्टिफिशियल इन्टेलिजेन्स अल्गोरिदम प्रयोग गर्दछ । र यसले स्वचालितरुपमा परिस्थितीअनुसार उपयुक्त फिल्टरहरु प्रयोग गर्न सुझाब दिन्छ ।

यो एपले खिचिएका तस्विरहरुलाई एडिट गर्ने सुबिधाका साथै सिधै भ्यू फाईण्डरमा समेत एडिट गर्नसक्ने सुबिधा दिएको छ ।

डेभलपरहरुका अनुसार यो एप फोटो एडिटिङ्गलाई सजिलो बनाउने गरि डिजाइन गरिएको छ भने यूजसको सहभागीतालाई न्यून गर्न चाहेको छ ।

यसमा पोट्रेट, स्टुडियो लाइट, पप आर्ट, फूडलगायतका हाल ८० भन्दा धेरै फिल्टरहरु उपलब्ध छन् ।

यसबाहेक यो एप्लिकेसनमा म्यानुअल एडिटिङ्गको फीचर पनि रहेको छ ।

यस्ता छन फीचरहरु-

फन विद फिल्टर्स, रियलटाइम फोटोसप इफेक्टस, अटो टोन, कन्टेन्ट अवेयर रिकोमेन्डेसन, पोट्रेट कन्ट्रोलस, बिल्ट फर सोशियल, इन्फ्यूएन्सर इन्सपायर्ड लेन्सेज रहेको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार