एप्पलको आईफोन १२ सिरिज जुलाईदेखि उत्पादन चरणमा जाने

Technology Khabar २९ जेष्ठ २०७७, बिहीबार

एप्पलको आईफोन १२ सिरिज जुलाईदेखि उत्पादन चरणमा जाने

काठमाडौं ।

एप्पलले आफ्नो आईफोन १२ ल्याउन ढिलाई गर्ने चर्चा यसअघि देखि नै चलिरहेको छ । कम्पनीले यो वर्ष आउने नयाँ आईफोन सिरिजलाई १ वा दुई महिना ढिलो गर्ने बताईएको छ । तर कम्पनीले यस बारेमा भने अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन् ।

अहिले भने आईफोन १२ को बारेमा नयाँ जानकारी बाहिर आएकोछ।

जसमा कम्पनीको आईफोन १२ दोस्रो चरणको परीक्षणमा पुगेको बताईएको छ । जसलाई इन्जिनियरिङ्ग भ्यालिडेसन एण्ड टेस्टिङ्ग यो महिनाको अन्त्यसम्ममा हुने र जुलाई महिनादेखि आईफोन १२ उत्पादनमा जाने बताईएको छ ।

यो वर्ष आउने नयाँ एप्पल फोनहरु ४ वटा मोडलमा आउने बताईएको छ र यी एकैपटक लन्च हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन् । जसमध्ये ५जी आईफोन समेत हुने अनुमान गरिएको छ ।

रिपोर्टहरुका अनुसार माथिल्लो तहका ५जी आईफोनहरु केहि पछि आउन सक्ने बताईएको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार

ताजा समाचार