शाओमीको नयाँ स्मार्ट ब्याण्ड एमआई ५ सार्वजनिक, यस्तो छ फीचरहरु र बजार मूल्य

Technology Khabar २९ जेष्ठ २०७७, बिहीबार

शाओमीको नयाँ स्मार्ट ब्याण्ड एमआई ५ सार्वजनिक, यस्तो छ फीचरहरु र बजार मूल्य

काठमाडौं ।

शाओमीले आफ्नो नयाँ स्मार्ट ब्याण्ड लन्च गरेको छ । कम्पनीले चीनमा नयाँ स्मार्ट ब्याण्ड एमआई ब्याण्ड ५ नयाँ अपग्रेडको रुपमा ल्याएको छ।

यसअघिको एमआई ४ को सक्सेसरको रुपमा आएको यो ब्याण्डमा एमोलेड डिस्प्ले प्रयोग गरिएको छ जसको स्क्रीन साइज ९.९५ इन्च रहेको छ ।

यसलाई अफिसियल र अन्य तेस्रो पक्षिय डिजाइनहरुद्धारा कस्टमाइज गर्न सकिने बताईएको छ ।

यस ब्याण्डमा एक्सेलेरोमिटर, हार्टरेट मनिटर, ब्यारोमिटर र जाइरोस्कोप राखिएको छ । यसमा ११ वटा प्रोफेशनल मोडहरु रहेको कम्पनीले बताएको छ ।

यसमा भएका सेन्सरहरुलाई सुधार गरिएको छ जसले गर्दा प्रयोगकर्ताको गतिबिधिको सटिक जानकारी दिनसक्नेछ । यो एमआई ब्याण्ड ५ एनएफसीसहित र एनएफसी बाहेक दुई भर्सनमा लन्च गरिएको छ । यसको एनएफसीलाई पेमेन्टका लागि प्रयोग गर्न सकिनेछ भने यसमा भ्वाइस असिस्ट्यान्ट समेत प्रस्तुत गरिएको छ ।

शाओमीले यसको ब्याट्री चार्ज लाईफलाई १४ दिनसम्म ग्यारेन्टी गरेको छ भने चार्जरलाई थप सुधार गरिएको छ । यसको चार्जर ब्याण्डको पछाडि चुम्बकद्धारा टाँसिनेछ र चार्ज हुनेछ ।

हाल चीनमा मात्र उपलब्ध भएको यो एमआई ब्याण्ड ५ जून १८ देखि बिक्रीका लागि उपलब्ध हुनेछ । यसको बजार मूल्य १८९ यूआन तोकिएको छ भने एनएफसी भएकोलाई २२९ यूआन तोकएको छ ।

शाओमीको एमआई ब्याण्ड ५ चीन बाहिर कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन तर यो नेपाली बजारमा पनि आउने अपेक्षा गरिएको छ ।

शाओमीले यसअघि एमआई ब्याण्ड ३ आधिकारीकरुपमा नै नेपालमा सार्वजनिक गरेको अवस्थामा ब्याण्ड ५ पनि आउन सक्ने संभावना रहेको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार