Technology Khabar २९ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन गूगलले आधिकारिक रूपमा आफ्नो अर्को अपरेटिंग प्रणाली एन्ड्रोइड ११ (Android 11) शुरू गरेको छ। वास्तवमा कम्पनीले नयाँ अपरेटिग प्रणालीको बिटा प्रोग्राम आफ्नो सोशल मिडिया ह्यान्डलबाट आज जारी गरिएको घोषणा गरेको छ।
यस बीटा कार्यक्रमअन्तर्गत एप्लिकेसन डेभलपरहरू र स्मार्टफोन निर्माताहरूले यस नयाँ अपरेटिंग प्रणालीको साथमा तिनीहरूको आफ्नो यूजर इन्टरफेस परीक्षण गर्न पनि सक्षम हुनेछन् ।
सबैकुरा ठिक भएको भए गूगल भर्चुअल इभेन्टको माध्यमबाट यो नयाँअपरेटिंग प्रणाली प्रस्तुत गर्ने थियो। तर अमेरिकामा चलिरहेको रंगभेद विरुद्धको आन्दोलनलाई ध्यानमा राखेर रद्द गर्नुपरेको थियो ।
Today we announced:
???? Android 11 Beta 1
???? Android Studio 4.1 Beta
⚙️ Android Studio 4.2 Canary
???? New Android Jetpack libraries
???? Jetpack Compose Developer Preview 2
▶️ Play Console Beta
➕ MoreRead → https://t.co/tD8f21lbAF
All talks → https://t.co/Efjxz9VwDm#Android11 pic.twitter.com/L3b1KHtzcM— Android Developers (@AndroidDev) June 10, 2020
नयाँ ओएस एन्ड्रोइड ११ मा थप गरिएका नयाँ सुविधाहरूमा स्थानको लागि एक पटक पहुँच (वन टाइम लोकेसन एक्सेस), माइक्रोफोन र क्यामरा डाटा पहुँच, फास्ट शेयर जस्ता फीचरहरू समावेश छन्।
गुगलले एन्ड्रोइड ११ बीटा अपडेटलाई तीन प्रमुख विषयहरूमा विभाजन गरेको छ जसमा मानिस(People), नियन्त्रण(Control) र गोपनीयता(Privacy) रहेका छन् ।
एन्ड्रोइड ब्लगले भन्छ कि- ‘यस पटक हामीले एन्ड्रोइडलाई बढी मानिसहरूमा केन्द्रित गरेका छौं।’
कन्भर्शेसन्स
यो सुविधा नोटिफिकेसन शेडको शीर्षमा तोकिएको सेक्सनमा देखा पर्दछ। मेसेजिग एपमा, नोटिफिकेसनहरु र कन्भर्शेसन्स दुई ट्याबहरू हुनेछन्, जसमा तपाईँको आवश्यक नोटिफिकेसनहरू एक ट्याबमा देख्न सकिन्छ भने तपाईंको मेसेज मार्फत भईरहेको कन्भर्शेसन्स अर्थात कुराकानीहरु अर्को ट्याबमा देख्न सकिन्छ। कन्भरेन्स ट्याबमा इन्स्ट्यान्ट मेसेजिग एपबाट आएका सन्देशहरू तथा कुनै पनि सोशल मिडियाबाट आएको नोटिफिकेसनहरु देख्न सकिन्छ।
बबल्स
यसै फीचरका साथ, प्रयोगकर्ताले ईन्टरफेसमा आउने सन्देशहरू फ्लोटिंग बबल्स मार्फत पहुँचयोग्य हुनेछन्। संभवत यो गुगलको आफ्नै मेसेजिंग फीचर हुन सक्छ, जसले ह्वाट्सएप, फेसबुक मेसेन्जर वा कुनै अन्य मेसेजिंग एपमा सन्देशहरू पहुँच गर्न सजिलो बनाउँदछ।
परमिशन अटो रिसेट
एन्ड्रोइड ११ मा प्रयोगकर्ताहरूले स्वत रिसेट परमिशनको सुविधा पाउनेछन्, जुन लामो समयदेखि पर्खिएको थियो। यस सुविधाले एन्ड्रोइड ११ एपसँग सम्बन्धित एपहरुलाई रनटाइम परमिशनहरूको मद्दतले ‘स्वत रिसेट’ गर्नेछ र प्रयोगकर्तालाई सूचित गर्नेछ।
पहिलो बीटा भर्सन हाल सिमितरुपमा मात्र प्रयोग गर्न सकिनेछ जसमा गूगलका आफ्ना डिभाइसहरु र डेलपरहरुका लागि जारी गरिएको हो ।
एन्ड्रोइड ११ को पहिलो बीटा भर्सन पिक्सेल २, पिक्सेल २एक्सएल, पिक्सेल ३, पिक्सेल ३एक्सएल, पिक्सेल ३ए, पिक्सेल ३ए एक्सएल, पिक्सेल ४ र पिक्सेल ४एक्सएलका लागि उपलब्ध रहेको छ ।
*हेडलाइन सम्पादित
के छ नयाँ एन्ड्रोयड ११ मा-
प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार