दूरसञ्चार प्राधिकरणले छान्यो सूचना प्रविधि ल्याब अनुगमन गर्ने कम्पनी, साढे ३ करोड खर्च हुने

Technology Khabar २९ जेष्ठ २०७७, बिहीबार

दूरसञ्चार प्राधिकरणले छान्यो सूचना प्रविधि ल्याब अनुगमन गर्ने कम्पनी, साढे ३ करोड खर्च हुने
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका छानिएका विद्यालयहरुमा स्थापना गरिरहेको सूचना प्रविधि प्रयोगशालाको अनुगमन गर्नका लागि कम्पनी छनौट गरेको छ ।

प्राधिकरणले हालै देशभरका सूचना प्रविधि ल्याबको अनुगमन गर्न ट्रेनिङ्ग सेन्टर नेपाल प्रालि र एभरेष्ट टेलिकम र आईटि सलुसन्स प्रालि र माइक्रोटेक ईनर्जी प्रालिको ज्वाइन्ट भेन्चरलाई छनौट गरेको हो।

प्राधिकरणले प्रारम्भिक चरणमा छनौटमा रहेका ६ कम्पनीमध्येबाट यस ज्वाइन्ट भेन्चरलाई छनौट गरेको हो।

सो ज्वाइन्ट भेन्चर कम्पनीले देशभर ७ वटै प्रदेशमा स्थापना गरिरहेका ९३० सरकारी विद्यालयहरुमा जडान गरिने सूचना प्रविधि ल्याबको बारेमा अध्ययन अवलोकन गर्नुपर्नेछ ।

कम्पनीले सूचना प्रविधि ल्याबको लागि आपूर्ति, हस्तान्तरण, जडान र प्रयोगको अवस्थाको बारेमा तोकिएको आधारमा सो बारेको प्रतिवेदन प्राधिकरणलाई उपलब्ध गराउनेछ ।

सो कार्यको लागि प्राधिकरणले ३ करोड ७३ लाख ८४ हजार रुपैयाँमा सम्झौता गरिने जानकारी दिएको छ ।

यसअघि सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण तथ्यांकमा देशभरका ५३५ वटा विद्यालयहरुमा कम्प्यूटर ल्याब जडान गरि सकिएको उल्लेख गरिएको छ । त्यसैगरि सातै प्रदेशमा १/१ वटा स्मार्ट स्कूल बनाईएको उल्लेख छ ।

प्राधिकरणले यसअघि नै ३ अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपाल हिमा ट्रेडलिंकको ज्वाइन्ट भेन्चरलाई ठेक्का सम्झौता गरेर आईटि ल्याब स्थापनाको लागि उपकरणहरु आपूर्तिको जिम्मा दिएको थियो ।

आईटि ल्याब परियोजनाअन्तरगत छनौटमा परेका ९३० वटै सरकारी विद्यालयहरुमा कम्प्यूटर, प्रोजेक्टर सर्भिसेन्स सिस्टम, सोलार पावरसहितको ब्याकअप सिस्टम भएका आईटि ल्याब निर्माण गरिनेछ ।

आर्थिक सर्वेक्षणमा ५३५ वटा विद्यालयमा कम्प्यूटर ल्याब, कसले झुक्यायो तथ्यांकमा सरकारलाई ?

Sajilo Visa

प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया