Technology Khabar २८ जेष्ठ २०७७, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरि स्थानीय तहहरुमा संचालन गरिएका ब्रोडब्याण्ड ईन्टरनेट सेवा नचलेको भए जानकारी दिन भनेको छ ।
प्राधिकरणले देशभरका विभिन्न स्थानीय निकायहरु, स्वास्थ्य संस्थाहरु तथा सामुदायिक माध्यमिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याईएको भन्दै यदि हाल सञ्चालन नभएको भए जानकारी गराउन भनेको हो ।
सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा संचालनका लागि देशका ४१ जिल्लामा शतप्रतिशत कार्य सम्पन्न भईसकेको र ८ जिल्लाहरुमा ५० प्रतिशत काम सम्पन्न भएको भन्दै बाँकी जिल्लाहरुमा लकडाउन खुला भएपछि जडानको कार्य तिब्रगतिमा गरिने उल्लेख गरेको छ ।
‘कोभिड-१९ रोगको महामारीका कारण विभिन्न स्थानीय निकायहरुमा रहेका विद्यालय भवनहरुमा क्वारेन्टिनका लागि प्रयोग भएको तथा स्थानिय निकायहरु र स्वास्थ्य निकायहरुलाई सूचना आदान प्रदान गर्न ईन्टरनेट सेवा आवश्यक हुने भएकोले सेवा सुचारु गराई राख्न सम्बन्धित सेवा प्रदायकहरुलाई अनुरोध छ, प्राधिकरणको सूचनामा भनिएको छ ।
प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार