Technology Khabar २८ जेष्ठ २०७७, बुधबार
सोशल नेटवर्किङ्ग साइट ट्विटरले भारतमा फ्लीट्स फीचर शुरू गरेको छ। ब्राजिल र इटालीपछि भारत विश्वको तेस्रो देश हो जहाँ कम्पनीले यो सुविधा ल्याएको हो।
‘यो सुविधा प्रयोग गरेर प्रयोगकर्ताले साझेदारी गरेका फोटो वा मेसेजहरु २४ घण्टामा स्वचालित रूपमा गायब हुनेछन्,’ ट्विटरले मंगलबार भनेको छ।
भारतमा यो सुविधा एप्पलको आईओएस र गूगलका एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि उपलब्ध हुनेछ।
ट्विटर को यो सुविधा फेसबुक र इन्स्टाग्रामको स्टोरी फीचर जस्तै हुनेछ। कम्पनीले फ्लीटलाई रिट्वीट गर्न नसकिने बताएको छ।
यसका साथै यसमा कुनै लाइक वा टिप्पणीहरू गर्न सकिँदैन् । यदि कसैले त्यस्तो फ्लीटमा सन्देशलाई जवाफ दिन चाहन्छ भने, उसले इनबक्समा प्रयोगकर्तालाई सिधा सन्देश पठाएर मात्र कुराकानी गर्न सक्दछ।
कम्पनीका अनुसार मानिसहरुलाई कुनै ‘फ्लीट’ ट्विटरको सामुदायिक नियम बमोजिम ठीक छैन भन्ने महसुस गरे भने उजुरी गर्ने सुविधा पनि पाउनेछन्।
माइक्रो ब्लगिङ्ग साइटले हाल फ्लीट फीचरलाई परीक्षणको रूपमा प्रस्तुत गरेको छ । यस सुविधाको अर्को विशेष कुरा भनेको यदि कसैले तपाईंलाई फलो गर्दछ भने, तपाईंको फ्लीट सधैं उसको टाइमलाइनमा शीर्षमा रहनेछ। एजेन्सीका साथ
प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार