Technology Khabar २८ जेष्ठ २०७७, बुधबार
काठमाडौं ।
गाडि उत्पादन जापानी कम्पनी होण्डा मोटर कम्पनीमा साइबर आक्रमण भएपछि कम्पनीले आफ्नो उत्पादन रोकेको छ । कम्पनीले आफ्नो मोटर तथा मोटरसाइकल उत्पादन प्लान्टहरु विश्वभर रोकेको जानकारी दिएको हो ।
कम्पनीका प्रवक्ताले कार कम्पनीले संकास्पद साइबर आक्रमणको अनुभव गरेको बताएका छन् ।
यो संकास्पद आक्रमणले होण्डाको उत्पादन विश्वभर सोमबार रोकिएको थियो भने केहि प्लान्टहरुलाई संचालन बन्द जबजस्ति बन्द गर्नुपरको थियो ।
कम्पनीले आफ्नो सिस्टमहरुमा कुनै कम्प्रोमाइज नगरिएको सुनिश्चित गर्न र आफ्नो गुणस्तर नियन्त्रण सिस्टमहरु ठिक रहेको सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
होण्डाले र्यान्समवेयरले कम्पनीको आन्तरिक सर्भरलाई प्रभावित पारेको अनुमान गरेको प्रवक्ताले बताए ।
मंगलबार भने केहि प्लान्टहरुको उत्पादन शुरु गरिएको थियो । तर यसको ओहायोमा रहेको मुख्य प्लान्टका साथै टर्की, भारत र ब्राजिलमा रहेका प्लान्टहरु भने अझै रोकिएका छन् । ती प्लान्टहरुमा रहेका कम्पनीको
उत्पादन सिस्टममा र्यान्समवेयरले प्रभावित पारेको प्रवक्ताको भनाई छ । एजेन्सी
प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार