ह्वावेको बेलायतमा जन सम्पर्क अभियान, २० वर्षको आफ्नो योगदानलाई विज्ञापनमार्फत सम्झाउँदै

Technology Khabar २८ जेष्ठ २०७७, बुधबार

ह्वावेको बेलायतमा जन सम्पर्क अभियान, २० वर्षको आफ्नो योगदानलाई विज्ञापनमार्फत सम्झाउँदै
Classic Tech
Nepal Telecom

चिनियाँ टेक जायन्ट ह्वावेले बेलायतमा हालै एक नयाँ विज्ञापन अभियान सुरू गरिरहेको छ । जसले बेलायतभर उच्च गति, भरपर्दो पूर्ण फाइबर ब्रोडब्यान्ड र मोबाइल नेटवर्कहरू ल्याउन मद्दत गर्ने आफ्नो प्रतिबद्ध रहेको देखाउनका लागि प्रयोग गरिएको छ।

पूर्ण पृष्ठको विज्ञापनका रूपमा मिडियामा प्रकाशित ब्रिटिश जनतालाई लेखेको पत्रमा ह्वावेले बेलायत सरकारलाई आफ्नो ‘गीगाबिट ब्रोडब्यान्ड’ महत्वाकांक्षालाई प्राप्त गर्न सहयोग पुर्‍याउने आफूले प्रतिबद्धता व्यक्त गरेको छ।

हुवावेका उपाध्यक्ष भिक्टर झाङ्गको भनाईलाई त्यसमा राखिएको छ जसमा भनिएको छ कि कम्पनीले २० वर्षदेखि बेलायतमा सेवा संचालन गरिरहेको छ । र थ्रीजी तथा फोरजी मोबाइल नेटवर्क निर्माण गर्न सहयोग गरिरहेको छ ।

यसका साथै अझ राम्रोसँग जोडिएको बेलायत बनाउन ब्रोडब्यान्ड र मोबाइल प्रदायकहरूलाई सहयोग गर्न प्रतिबद्ध छ।

पछिल्लोपटक बेलायतका प्रधानमन्त्रीले ह्वावेलाई ५जी नेटवर्कमा ३५ प्रतिशत सिमित तहसम्म मात्र सहभागी गराउने चर्चा गरेपनि उनलाई आफ्नै दलभित्रबाट कम्पनीमाथि प्रतिबन्ध लगाउन दबाब आएसँगै सँगै चीन र बेलायतबिच तनाब उत्पन्न भएको छ ।

यहि बेलामा ह्वावेले भने बेलायतमा भएको आफ्नो योगदानलाई सार्वजनिक गराउन यो अभियान चलाएको बताईएको छ । यो अभियान आगामी ४ सातासम्म रहने बताईएको छ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार

Loading...