राष्ट्रिय आविष्कार केन्द्रले स्वाब संकलनका लागि प्रयोग हुने सुइरो नेपालमै बनाउने

Technology Khabar २७ जेष्ठ २०७७, मंगलवार

राष्ट्रिय आविष्कार केन्द्रले स्वाब संकलनका लागि प्रयोग हुने सुइरो नेपालमै बनाउने

काठमाडौं ।

कोरोनाभाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलन गर्नका लागि प्रयोग हुने सुइरो राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै बनाउने भएको छ ।

आविष्कार केन्द्रले सो सुईरो बनाउन आवश्यक पर्ने मेसिन जापानबाट आयात गरी नेपालमै सुइरो बनाउनेभएको हो ।

आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महाबिर पुनले हालै सो बारेमा आफ्नो ट्विटर एकाउन्टबाट जानकारी दिएका छन् ।

उनकाअनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको हो।

यसका साथै कोरोना रोकथाम गर्न आवश्यक अन्य सामग्रीहरु समेत रहेको उनले जानकारी दिएका छन् ।

स्वाब निकाल्ने सुइरो देशभित्रै बनाउन आवश्यक मेसिन खरीदका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, एमआरआर जापान तथा अन्य नेपालीले २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

easy care

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार