साइबर अपराधलाई नियन्त्रण गर्न सरकारले अनुगमन केन्द्रलाई परिचालित गर्ने

Technology Khabar २७ जेष्ठ २०७७, मंगलवार

साइबर अपराधलाई नियन्त्रण गर्न सरकारले अनुगमन केन्द्रलाई परिचालित गर्ने

काठमाडौं ।

सरकारले साइबर अपराधलाई नियन्त्रण गर्न विभिन्न कामहरु शुरु गरेको जानकारी दिएको छ ।

साइबर अपराध नियन्त्रण गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा संस्थागत संरचना बनाएको र त्यसले काम गरिरहेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

संसदमा आयोजित बिनियोजित बजेटका सम्बन्धमा जवाफ दिँदै उनले अनुगमन केन्द्र बाहेक यसका लागि सेवा प्रदायक संस्थाहरु र नियामक निकायहरुमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै बजेटबाट पनि यससम्बन्धि काम गर्ने जानकारी दिए ।

मन्त्रालयमा रहेको संस्थागत संरचनाले नियमित काम गरिरहेको भन्दै आगामी वर्षपनि त्यो सूचारु हुने उले बताए ।

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार