कोभिड-१९ विरुद्ध प्रविधि विकास एवं स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान

Technology Khabar २७ जेष्ठ २०७७, मंगलवार

कोभिड-१९ विरुद्ध प्रविधि विकास एवं स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान

काठमाडौं ।

अहिले चलिरहेको कोभिड १९ को महामारी र त्यसले ल्याएका समस्यासँग जुध्नका लागि आवश्यक पर्ने प्रविधिको विकास गर्न वा भएका प्रविधिलाई परिमार्जन गर्ने कार्यका लागि सरकारले अनुदान रकम दिने भएको छ ।

त्यस्तो प्रविधि विकास वा परिमार्जन गर्नका लागि सरकारले प्रति प्रस्तावलाई १० लाख रुपैयाँ अनुदान दिने भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोभिड-१९ प्रतिरोधका लागि प्रविधि विकास एवं नवप्रवर्तन योजनाअन्तरगत नयाँ प्रविधि विकास गर्ने वा भएकालाई नै परिमार्जन गर्नका लागि अनुदान रकम उपलब्ध गराउने भएको हो ।

नास्टले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक सबैलाई सहभागी हुन भनेको छ।

यी क्षेत्रमा अनुदान रकम

अनुदानमा सहभागी हुनसक्ने क्षेत्रहरुमा स्वास्थ्य प्रविधि तथा यान्त्रिकीकरण तथा औषधी निर्माण वा भ्याक्सीन विकास, कृषि प्रविधि तथा यान्त्रिकीकरण, जैविक तथा खाद्य प्रविधि, सूचना प्रविधि, संक्रमणकालिन पूर्व तयारी प्रविधि, स्वास्थ्य एवं कृषि र वातावरण क्षेत्रको उदयमान प्रविधि रहेका छन् ।

उल्लेखित क्षेत्रहरुमा विद्यमान समस्याहरुको समाधान गर्ने खालका प्रविधि विकासको प्रस्ताव गरिएको छ ।

तोकिएका क्षेत्रहरुमा प्रविधि विकास वा परिमार्जन गर्न चाहनेहरुले आफुले गर्न सक्ने परियोजनाका प्रस्तावमा अवधिसमेत खोलेर निवेदन दिनसक्नेछन् ।

प्रस्तावको मुल्यांकनको आधारमा छनौट गरिएका प्रति प्रस्तावलाई अधिकताम १० लाख रुपैयाँसम्म अनुदान दिईने र यथासिघ्र सम्पन्न हुनसक्ने र महामारीका विरुद्ध लड्न आवश्यक पर्ने अति आवश्यक प्रविधि विकासलाई विशेष प्राथमिकता दिईने नास्टले जनाएको छ ।

सो कार्यक्रममा सहभागिताका लागि शैक्षिक योग्यताको कुनै बन्देज राखिएको छैन् ।

यदि तपाईँपनि प्रविधि विकास गरेर यस अनुदान कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर थप जानकारी लिन सक्नुहुनेछ । वा यस ईमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ ।

easy care

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार