नेपालसहित दक्षिण एसियाली देशहरुका लागि डाटा सेन्टरको प्रवेशद्धार बन्दै तिब्बत

Technology Khabar २७ जेष्ठ २०७७, मंगलवार

नेपालसहित दक्षिण एसियाली देशहरुका लागि डाटा सेन्टरको प्रवेशद्धार बन्दै तिब्बत
तस्वीरः ग्लोबल टाइम्सबाट ।

काठमाडौं ।

चीन र त्यसका दक्षिण एसियाली छिमेकी देशहरूबीच डाटा एक्सचेन्ज गर्नका लागि विश्वको उच्च स्थानमा एक विशाल ६ लाख ४५ हजार वर्गमीटरको डाटा फ्यासिलिटी तयार भईरहेको छ।

तिब्बतको राजधानी ल्हासामा रहेको क्लाउड कम्प्युटिङ्ग र डाटा सेन्टर निजी प्राविधिक कम्पनी निङ्गसुआन टेक्नोलोजीजद्वारा विकसित गरिएको पाईलट अपरेसनमा प्रवेश गरेको छ, जसमा पहिलो निर्माणको चरण पूरा भएको घोषणा गरिएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ।

हिमालयको पूर्वोत्तर क्षेत्र तिब्बतलाई सन् १९५० मा चीनको स्वायत्त क्षेत्रका रूपमा समाहित गरिएको थियो । राष्ट्रिय सुरक्षाको लागि अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको र दशकौंको अवधिदेखि तिब्बतीहरूबाट थप धार्मिक स्वतन्त्रता र मानव अधिकारको माग चिनियाँ सरकारले झेलिरहेको छ।

बेजिङ्गको महत्वाकांक्षी विश्वव्यापी पूर्वाधार परियोजना, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत तिब्बती पठार अब दक्षिण एशियाको लागि पुलको रुपमा रहेकोछ ।

तिब्बत मुख्यालय रहेको, साथै बेइजिङ्गमा डाटा नियन्त्रण केन्द्र र नानजियाङ्गमा अनुसन्धान टोली समेत भएको कम्पनी निङ्गसुआनले चीन र भारत, नेपाल, बंगलादेश तथा बीआरआईको हिस्सा रहेका अन्य देशहरूबीच बढ्दो व्यापार र लगानी गतिविधिहरुमा जुवा खेलिरहेको छ।

‘यस क्षेत्रमा डाटा प्रसारण सपोर्ट गर्नका लागि यसले व्यापक आईटी पूर्वाधारको आवश्यकता उत्पन्न गर्दछ,’ निङ्गसुआनको महाप्रबन्धक हू शियाओले यसअघिको एक मिडिया अन्तर्वार्तामा भनेका थिए ।

केही दक्षिण एसियाली क्षेत्रहरूमा गर्मीका दिनहरु र सिमित बिजुली आपूर्तिले डाटा केन्द्रहरू चलाउन उच्च लागत खर्च लाग्ने गर्दछ ।

तिब्बतको गुइझौ प्रान्तमा स्थापित गरिएको डाटा हबका लागि जस्तै तिब्बतमा प्राकृतिक तापमान रहेको छ । यसको आदर्श तापक्रमयुक्त जलवायु र कम औसत तापमानले सर्भर चिसो राख्न सहयोग गर्छ।

ल्हासा डाटा सेन्टरको निर्माण २०१७ मा शुरू भएको थियो र यव् २०२५ वा २०२६ सम्ममा सम्पन्न हुने तालिकामा छ, यसमा लगभग १२ अर्ब युआन अर्थात १.६९ अर्ब डलर समग्र लगानी हुनेछ ।

जब यो पूर्ण परिचालनमा जान्छ त्यसबेला यो क्लाउड सुविधाले प्रत्येक वर्ष १० अर्ब युआन राजस्व उत्पन्न गर्ने अनुमान गरिएको छ ।

यसमा अलिबाबाको कभर रहेको छ । चिनियाँ ई-वाणिज्य जायन्ट कम्पनी जसको बढ्दो क्लाउड कम्प्युटिङ्ग व्यवसाय छ, त्यसले तिब्बती क्षेत्रका उद्योगहरूमा क्लाउड सेवाहरू पुर्‍याउन निङ्गसुआनसँग एउटा सम्झौता गरेको थियो । सो सम्झौताअनुसार त्यो अवधिमा विद्युत आपूर्ति, वित्त, राष्ट्रिय सुरक्षा, सरकारी मामिलाहरू, सार्वजनिक सुरक्षा र साइबरस्पेस उपलब्ध गराउनेछ । टेकक्रन्चबाट

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार