वनप्लसको बजेट स्मार्टफोन ‘वनप्लस जेड’ जूलाईमा आउँदै, मूल्य केबल ४० हजार रुपैयाँ

Technology Khabar २७ जेष्ठ २०७७, मंगलवार

वनप्लसको बजेट स्मार्टफोन ‘वनप्लस जेड’ जूलाईमा आउँदै, मूल्य केबल ४० हजार रुपैयाँ

काठमाडौं ।

वनप्लसको किफायती स्मार्टफोन अर्थात वनप्लस जेडको बारेमा बिगत लामो समयदेखि धेरै जानकारीहरु प्राप्त भएको छ। यो फोनमा हालै सर्टिफिकेशन साइट गीकबेन्चमा समेत देखा परेको थियो।

अब भने चिनियाँ कम्पनीको मिड रेन्जको फोन वनप्लस जेडको स्पेसिफिकेशन्स, मूल्य र रिलीजको मिति लीक भएको छ।

हालै आएको जानकारीअनुसार, फोन ट्रिपल रियर क्यामरा, ९० हर्ज रिफ्रेश रेट स्क्रीन र इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका साथ बजारमा आउनेछ । यसका साथै अर्को लीक रिपोर्टअनुसार वनप्लस जेड आगामी १० जुलाईमा भारतमा सबैभन्दा पहिले लन्च गरिने छ। यद्यपि, अझैसम्म लन्च डेटको कुनै आधिकारीक जानकारी छैन्।

वनप्लस जेडलाई लिएर हालै देशीडाइम डट कम वेबसाइटमा एउटा सर्वेक्षण सूचीबद्ध गरिएको छ, जहाँ फोनको मूल्य र स्पेसिफिकेसनको बारेमा जानकारी खुलाईएको छ।

यद्यपि सर्वेक्षणले फोनको नाम भने उल्लेख गरेको छैन्। तरपनि सम्भवत यो फोन वनप्लस जेड वा वनप्लस ८ लाइट हुनसक्ने अनुमान गरिएको छ, जुन मिड-रेन्ज स्पेसिफिकेशन्सको साथ बजेटमैत्री मूल्यमा आउँदछ।OnePlus

सर्वेक्षणका अनुसार, वनप्लसले भारतमा आउँदै गरेको नयाँ वनप्लस जेडलाई २४ हजार ९९० भारु अर्थात करिब ४० हजार नेपाली रुपैयाँमा बिक्री गर्ने प्रस्ताव गरेको छ, जुन मूल्य यस उपकरणको ६ जीबी र्याम र १२ जीबी भण्डारण भेरियन्टको हुनेछ। यस बाहेक यस उपकरणमा १२ जीबी र्याम भेरियन्ट पनि हुनेछ जुन हालसालै गीकबेन्चमा देखिएको थियो।

अर्को एक रिपोर्टले भने यो फोन भारतमा १० जूलाईमा लन्च हुने बताएकोछ ।

सर्वेक्षणकाअनुसार वनप्लस जेडमा ६.५५ इन्चको इन्चको सुपर एमोलेड डिस्प्ले हुनेछ जसको रिफ्रेस रेट ९० हर्ज हुनेछ । त्यस्तै फोनमा स्न्यापड्रागन ७६५ एसओसी ५जी हुनेछ । यसका अतिरिक्त यस डिभाइसमा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरेज(भण्डारण) दिइनेछ।

फोनमा ट्रिपल रियर क्यामरा सेटअप राखिनेछ भने यसको मूख्य क्यामरा ६४ मेगापिक्सेल सेन्सरका साथ १६ मेगापिक्सेल सेन्सर र २ मेगापिक्सेल सेन्सर हुनेछ।  डिभाइसमा सेल्फी र भिडियो कलिङ्गको लागि १६ मेगापिक्सेल फ्रन्ट क्यामरा हुनेछ । यस बाहेक फोनमा ४,३०० एमएएच ब्याट्री पावर ब्याकअपको लागि ३० वाटको फास्ट चार्जिंग टेक्नोलोजी सपोर्ट हुनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार