यो वर्षको सबभन्दा खतरनाक एप ४ करोड व्यक्तिको स्मार्टफोनमा, तुरुन्तै हटाउन विज्ञको सुझाब

Technology Khabar २६ जेष्ठ २०७७, सोमबार

यो वर्षको सबभन्दा खतरनाक एप ४ करोड व्यक्तिको स्मार्टफोनमा, तुरुन्तै हटाउन विज्ञको सुझाब

काठमाडौं ।

एप्समा भाइरस हुने अर्थात मालिसियस एप्स बारेको समाचारहरु दैनिक जसो आईरहेका छन् । यसैबिचमा सन् २०२० मा मालिसियस एपहरुकाे बारेमा नयाँ रिपोर्ट आएको छ ।

गत वर्षको पहिलो त्रैमासिकको तुलनामा सन् २०२० को पहिलो त्रैमासिकमा दुर्भावपुर्ण मोबाइल एप्सको कुल संख्या दोब्बर भएको रिपोर्ट आएको छ। तर यसभन्दा बढी खतरनाक विषय पनि यस रिपोर्टमा रहेको छ।

साइबर सुरक्षा फर्म अपस्ट्रीम सिस्टमले सार्वजनिक गरेको आफ्नो रिपोर्टमा भनेको छ कि २०२० को सबैभन्दा खतरनाक एप स्न्यापट्यूब (Snaptube) अहिलेसम्म ४ करोड मानिसहरूले डाउनलोड गरिसकेका छन्।

स्न्यापट्यूब एप एक चिनियाँ कम्पनी मोबिस्पेसद्वारा बनाईएको हो।

रिपोर्टकाअनुसार यस एप फोनमा डाउनलोड गरिसकेपछि प्रयोगकर्ताहरूलाई अनुमति बिना नै आफ्नो प्रिमियम सेवाको लागि साइन अप गराउँछ। यस बाहेक, यसले विज्ञापन-क्लिक गतिविधि पनि गर्न सक्दछ, जसको कारणले यो एपले विज्ञापनहरू आफैं डाउनलोड गर्दछ र यसमा क्लिक पनि गर्दछ।

यस एपको साथ, प्रयोगकर्ताहरूले यूट्यूब र फेसबुक जस्ता लोकप्रिय भिडियो र अडियो स्ट्रिमिङ साइटहरूबाट भिडियोहरू र अडियो डाउनलोड गर्न सक्दछन्। स्न्यापट्यूबको आफ्नै वेबसाइट पनि रहेको कुरा खुलाइएको छ।

यस वेबसाइटकाअनुसार यस एपलाई विश्वभर ३० करोड प्रयोगकर्ताहरूले डाउनलोड गरेका छन्। साथै, यो एप ह्वावेको एप ग्यालरी र शाओमीको गेटएप्स स्टोरमा पनि उपलब्ध रहेको जानकारी बाहिर आएको छ ।

तर यसलाई गूगलले आफ्नो प्ले स्टोरबाट यसअघि नै हटाएको थियो ।

प्रतिवेदनमा भनिएको छ कि गत वर्ष स्यापट्यूबबाट ७ करोड भन्दा बढी फ्रड कारोबार गरिएको थियो। एकै साथ यस वर्ष ३ करोड भन्दा बढी फ्रड कारोबार भएको प्रकाशमा आएको छ, जसलाई सेक्योर-डी(Secure-D) प्लेटफर्मले अवरुद्ध गरेको छ।

विज्ञहरुले सो एप तत्काल आफ्नो स्मार्टफोनहरुबाट हटाउन सुझाब दिएका छन् । एजेन्सीका साथ

easy care

प्रकाशित: २६ जेष्ठ २०७७, सोमबार