Technology Khabar २६ जेष्ठ २०७७, सोमबार
काठमाडौं ।
कोरोनाभाइरसको महामारीका कारण अधिकांश मानिसहरु घरबाट नै काम गरिरहेका छन् । यस्तोमा उनीहरुले घरबाट काम गर्नका लागि अधिकमात्रामा ल्यापटपको प्रयोग गरिरहेका छन्।
गर्मीको समय शुरु भईसकेको अवस्थामा घरमा बसेर काम गर्दा अधिक प्रयोगले गर्दा ल्यापटप तात्ने समस्या बढने र खराब हुनसक्ने संभावना रहेको छ ।
यस्तोमा आज तपाईँहरुलाई यहाँ गर्मीमा आफ्नो ल्यापटपमा काम गर्दा ओभर हिटिङ्गबाट कसरी सुरक्षित राख्नसकिन्छ भनेर सल्लाह दिनेछौं ।
यदि तपाईँको ल्यापटप निकै पुरानो भएको छ भने त्यसलाई सकेसम्म प्रयोग नगर्नुस् । यदि त्यसमा नै काम गर्नुपर्ने छ भने लामो समयसम्म त्यसमा कामगर्नबाट बच्नुहोस् । नत्र यसले ल्यापटप तात्ने र खराब हुने संभावना निधै धेरै हुन्छ ।
कयौं पटक यस्तो हुन्छ की हामी आफ्नो ल्यापटपलाई लगातार प्रयोग गर्दछौं तर त्यसको ब्याट्रीको बारेमा ध्यान दिँदैनौं । यस्तोमा यदि तपाईँको ल्यापटपको ब्याट्री पुरानो भएको छ भने त्यसलाई तत्काल परिवर्तन गरेर नयाँ राख्नुहोस् । नत्र तपाईँको ल्यापटप बिच बिचमा तातिरहने हुन्छ ।
ल्यापटप तात्नबाट जोगाउनका लागि पुरानो ल्यापटपमा कूलिङ्ग किटको प्रयोग गर्नुहोस् । यस्तो गरेमा तपाईँको ल्यापटप तात्दैन र खराब हुनबाट बचाउन सकिन्छ। कुलिङ्ग किट बजारमा सजिलै किन्न पाईन्छ ।
ल्यापटपलाई सँधै कुनै कडा स्थानमा मात्र राखेर प्रयोग गर्नुस् । उदाहरणको लागि यदि तपाईँ बेडमा बसेर काम गर्नुहुन्छ भने ल्यापटपलाई कुनै किताबमाथि राख्नुहोस् । यस्तो गर्नाले ल्यापटपबाट निस्कने हावा लगातार पास हुन्छ र ल्यापटप तात्नबाट बच्दछ ।
अधिकांश समयमा हामीहरु ल्यापटपलाई पुरै सफागर्नको लागी भिजेको कपडा प्रयोग गर्ने गर्दछौं जबकि यस्तो गर्नु हुँदैन् । चिसो र भिजेको कपडाले ल्यापटप सफा गर्दा यसको सीपीयू फ्यानले काम नगर्ने हुन्छ । यस्तोमा ल्यापटपमा ओभर हिटिङको समस्या आउँछ ।
यदि तपाईँले ल्यापटपमा धेरै एप्सहरु चलाईरहनुभएको छ वा धेरै वेब ब्राउजरमा ट्याबहरु प्रयोग गर्नुभएको छ भने त्यसलाई बन्द गर्नुहोस् । त्यसले अधिक उर्जा खपत गर्दछ र ल्यापटप तात्ने समस्या हुन्छ । लामो समयसम्म ल्यापटपमा काम गर्ने विचारमा हुनुहुन्छ भने त्यसलाई समय समयमा काम बन्द गर्नुहोस र ल्यापटपलाई रेस्ट दिनुहोस् ।
प्रकाशित: २६ जेष्ठ २०७७, सोमबार